अन्तर्राष्टिय बाल दिवस समपन्न

0
57

रामु भुसाल ,बर्दघाट
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा अन्तर्राष्ट्रिय बाल दिवस २०२३ को अबसरमा पालिका स्तरीय वक्तित्वकला प्रतियाेगिता सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका स्तरीय बाल संजालको आयोजना ,इन्द्रेणी सामाजिक बिकास मंच युनाईटेड मिसन टु नेपाल द्वारा संचालित बाल अधिकार परियोजनाको सहयोगमा “प्रत्येक बालबालिकाको अधिकार” लागि (FOR EVERY CHILD, EVERY RIGHT) भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय बाल दिवस – २०२३ को अबसरमा गाउँपालिका स्तरीय प्रतापपुर गाउँपालिकाको सभाहलमा क्तित्वकला  सम्पन्न भएको हो।
बाल संजालका अध्यक्ष विस्वा नन्द यादवको अध्यक्षतामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रतापपुर ९ का वडा अध्यक्ष जय किसुन चौधरी,त्रिभुवन माबीका प्र.अ. नारद ठाकुर,गणेश मा.बि.का. प्र.अ.दिलिप शर्मा,बाल अधिकार समिती सदस्य अदिती सिवाकोटी लगायतले मन्त्ब्य राख्नु भएको थियो। भने कार्यक्रमको उदेश्य माथी यु.एम.एन.का प्रकाश राईले प्रकाश पार्नु भएको थियो।
छोरी बचाउ,छोरी पढाउ,भन्ने बिषयमा भएको प्रतियोगितामा प्रतापपुर गाउँपालिका भित्रका १५ आधारभुत तह र ७ मा.बि तहका बिध्यालयको सहभागिता रहेको थियो।
जस मध्ये,मा.बि. तर्फ गणेश मा.बि.का छात्रा आकृती कुर्मी प्रथम, त्रिभुवन मा.बि. का छात्रा पुजा गुप्ता दुतिय,र आदर्स मा.बि. कि छात्रा निर्मला कुमारी चौधरी तृतीय हुनु भएको छ भने आधारभुत तह तर्फ ब्रम्हा बाबा मा.बि. का छात्रा नेत्र कुमारी चौधरी प्रथम ,त्रिभुवन मा.बि. का छात्रा चन्द्र कला कोइरी दुतिय, र डम्बर बाहादुर मा.बि. का छात्र राज गुप्ता तृतीय हुनु भएको र बिजेता लाई ट्रफी,मेडल र स्टेसनरी प्रदान गरियको बाल अधिकार परियोजना सम्योजक बिणा चौधरीले जानकारी दिनु भएको छ।
प्रतियोगिता को निर्णायक मन्डलमा सम्योजक इन्द्रेणी सामाजिक बिकास मन्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी,र सदस्य हरुमा शिवपुर गढी मा.बि.का प्र अ अदम बाहादुर थापा र त्रिभुवन मा बि का शिक्षक हेम कुमारी चौधरी रहनु भएको थियो।
संजालका सदस्य श्री धर बस्यालको स्वागत मन्त्ब्य रहेको कार्यक्रम को सन्चालन संजाल का उपाध्यक्ष अञ्जली भट्टराईले गर्नु भएको थियो।प्रतापपुर गाउँपालिकामा ३१ वटा सामुदायिक बिद्यालय रहेका छन।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here