रामकरन हरिजन नवलपरासी : रामग्राम नगरपालिका वडा नं ७ स्थित भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा भई रहेको उत्खन्नमा संरचना भेटिन थालेको छ । भूभौतिक सर्वेले देखाएका सँकेतको आधारमा उत्खनन गर्दा प्राचिन विहार तथा पोखरीका अवशेष भेट्न थालेको छ ।
गरिएको उत्खननमा प्राचीन कालका विहारका पर्खाल तथा पोखरी फेला परेको संयुक्त राष्ट्रसङ्घका शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) युनिभर्सिटिका प्रोफेसर रविन कनिङ्गमले बताए ।
बाबु किसन रिजाल पुरातात्विक विज्ञ हुँदा यो ढिस्को रामग्राम स्तुप हुन सक्ने अनुमान गरी त्यसपछि यस क्षेत्रमा वैज्ञानिक तरिकाले अनुसन्धान कार्य १९९७ पछिका दिनमा सुरुवात भयो लुम्विनी कपिलबस्तु र तिलौराकोट साकयमुनिका राजधानी रामग्राम स्तुप रहेको अर्थात युनिस्को तथा विश्व सम्पदामा सुचिकृत हुन सक्ने सुचिमा यसलाई राखियो त्यसपछि अनुसन्धानका कार्यहरु सुरुवात भयो सुरुको दिन अलि सानो स्तरको अनुसन्धान अनुभेषण भयो १९९८ मा सुरुवात भयो पुरातत्व र लुम्विनी विकास कोषको तर्फबाट शुक्रसागर श्रेष्ठले यो ठाउँको अनुसन्धान गर्नु भएको पुरात्व विभागको प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिनु भयो ।
रामग्राम स्तुपमा आउने पर्यटकहरुको लागि ध्यान गर्नको लागि एउटा उचित स्थान नरहेको भन्दै आनतरिक बाहय पर्यटकहरु कति आए केही रेकर्ड छैन उनले भने ,यसै बिच रामग्राम नगरपालिकाका अध्यक्ष धनपत यादवले भने लुम्विनी विकास कोषले रामग्राम स्तुपलाई विकास गर्न सकेको छैन भने स्थानिय तह संग सहकार गर्नु हामी त्यार छौं रामग्राम र पण्डितपुर विकासको लागि रामग्राम नगरपालिकाले रु बिस लाख रुपैया विनियोजन गरेको छ त्यसलाई खर्च गर्न अन्यौलमा छौं आज पत्रकार सम्मेलनमा बताउनु भयो ।
अहिले रामग्राम स्तुप वरिपरी क्षेत्र उत्खनन सुरु भएपछि खण्नडन गर्न थालेको हो ।रामग्रामको वृतान्त भगवान गौतम बुद्धको परिनिर्वाण पश्चात उहाँको धातु आठ वटा राजाले आ-आफनो राज्यमा लगेर स्तुपाको रुपमा स्थापना गरेको त्यो मध्येकै कोलिय राजका गणराजाहरुले जुन रामग्रामका राजाहरुले पाए उनीहरु मौलिक पक्षका हुन अथवा भगवान गौतम बुद्धको मौलिक राज्य हो ।र त्यो राज्यले पनि आफनो भागमा धातु प्राप्त गरेका थिए र त्यो धातु ल्याएर यहाँ स्तुपको रुपमा स्थापना गर्यो त्यही बेला देखि नै यो धातुको भगवान बुद्धले आनन्दलाई भन्नु भयो मेरो अनउपस्थिती मेरो धातुलाई सम्झेर ध्यान गर्नु प्राथना गर्नु ति कुराहरु भनेको अधारमा विरण गरिएको थियो ।त्यो अनुसार धातुहरु कोलिय गणराज्यका राजाहरु स्थापना गरेका थिए ।स्थापना पश्चात पुजा आर्चना गर्ने ध्यान अभ्यास गर्ने गरी त्यही बेला देखि गर्दै आएका थिए । पछि अन्य धातुहरुलाई उतखन्न गरी असी हजार स्थानमा तत्कालिन मगजराजका शमराट अशोक वितरण गर्ने अभियान चलाए ।सात वटा स्तुप उतखन्न गरेर चौरासी हजार भागमा वर्मा, श्रलङका, अफगानिस्तान, लगायत मुलुकहरुमा विस्तार गर्न लगाए ।त्यो बेला रामग्राम पनि उतन्न गर्नु पर्छ नागवंशीहरु बसी राखेका थिए ।नागंशीहरुले आग्रह गरे यो धातुहरु उतखन्न् नगर्नु हामी पुजा आर्चना ध्यान गर्छौं र हामी जब सम्म बाँच छौं तब सम्म उतखन्न गर्न दिनौं भनेर तत्कालिन अशोक शमराटले भिक्क्षु भई सक्नु भएको थिए ।नागवंशीहरुको कुरालाई मन्न गर्दै जस्ताको त्यस्तै राख्नु भयो ।र केही स्थान भिक्क्षुहरुको लागि स्नान गर्नको लागि पोखरी र विहार निर्माण गराउनु भएको थियो ।र उपाशकहरु बस्ने एउटा उपाशक र विहार क्षेत्र छ ।धातुको सिनाध्यमा बसेर धातुहरु अभ्यास तथा विपाशना गर्ने खालका संरचनाहरु बनाईएको छ र ति संरचनाहरु पछिल्लो समयमा आएर प्रोफेरसर कनिङगमको एउटा अभियान चल्यो र बुद्ध कालको ईतिहास खोजी गर्न थाले खालको यहाँ पनि डा.डाबलु हवेलले सन १८९८ मा राग्राम स्तुपा यही हो भनेर पत्ता लगाउनु भयो त्यसपछि विभिन्न समयमा जियोफिजिक्स र उतखन्न पनि भयो ।पछिल्लो दुई दशक पहिला नै स्तुपा नजिकै रहेका सुनियागारहरुको उतखन्न भई सकेको छ ।अहिले पनि पछिल्लो चरणमा विहार र पोखरी दुई चरणमा उतखन्न भएको छ ।जियो फिजिक्सले पहिला स्केनिङ गरेर देखायो त्यसैको अधारमा अहिले उतन्न कार्य पुरातात्विक विभागले उतखन्न कार्य गरिरहेको छ ।यसमा बेलायत पुरातात्विक विभागको पनि संलन्ता छ।जियोफिजिक्स गर्दा जे जति देखाएको थियो त्यो सब अहिले देखिएको छ ।ईतिहासमा भने अनुसार अहिले संरचनाहरु देखन पाईएको छ त्यही भएर स्तुपाको महत्व छ ।अध्यातमिक भ्यालुको उदाहरण दिदै उनले भने एक जना बुढी आमाले भनिन धातुमा फुल चढाउँछु र फुल चढाउन आउँदा दुई वटा गाईहरु एक आपसमा झगडा गरिरहे थिए त्यसैको बिचमा जादा उनको मृत्यु भयो ।धातुको श्रद्धाले मृत्यु भएपछि उनि देव लोकमा उदय भईन ईन्द्रले भने देव लोकमा नायँ को आए त्यसपछि उनले आफनो कहानी सुनाई म धातु सम्म पुग्न सकेन बाटो मै मेरो मृत्यु भयो,मेरो फुल त्यही छ भने पछि देवेन्द्र नै त्यहाँ उतपति हुनु भयो र फुल लगेर त्यहाँ चढाउनु भयो त्यही भएर पैसा खर्च गरेर यहाँ धातुको प्राथना आउँछन यस क्षेत्रका जानकार तथा बौद्ध अध्येयता एवम् पत्रकार बेचु गौंडले बताए ।
लुम्विनी विकास कोषका कोषाध्यक्ष झुन्डी राज भट्टराईको अध्यक्षतामा प्रमुख अतिथि रामग्राम नगरपालिकाका अध्यक्ष धनपत यादव, विशिष्ट अतिथि रामग्रामका उपाध्यक्ष समझना चौधरी,प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्याल लगायत उपस्थित थिए ।