पर्यटन राज्यमन्त्री द्धारा विद्यालयमा एक लाख रुपियाको अक्षकोष स्थापना

0
103

गोपी ज्ञवाली गुल्मी : गुल्मीको एक आधारभुत विद्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पालीले आफना आमाबुवाको सम्झनामा विपन्न तथा जेहेनदार विद्यार्थीहरुका लागि एक लाख रुपियाँको अक्षय कोष स्थापना गर्नु भएको छ ।
गुल्मी जिल्लाको मालिका गाउँपालिकावार्ड नम्बर २ स्थित सिद्धिमालिका आधारभुत विद्यालयका विपन्न एवं जेहेनदार विद्यार्थीको लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रि सुशिला सिर्पालीले आफनी स्व. आमा रमि देवी धराली (सिर्पाली) र बाुवा धन बहादुर धराली (सिर्पाली)को समझनामा एक लाख रुपियाँको अक्ष कोष स्थापना गर्नु भएको हो ।
सिद्धिमालिका आधारभुत विद्यालयमा मंगलवार आयोजना गरिएको एक कार्यक्रममा राज्यमन्त्रीले विद्यालयका ब्यवास्थापन समितीको अध्यक्षलाई अक्ष कोष निर्माणका लागि एक लाख रुपियाँ नगद प्रदान गरेको सिद्धिमालिका आधारभुत विद्यालयका प्रधानाध्यापक प्रदिप पन्तले बताउनु भयो । राज्यमन्त्री सुशिला सिर्पालीले अहिले एक लाख रुपियाँबाट आमा बुवाको समझनामा अक्षकोष स्थापना गरिएको भए पनि आगाभी दिनहरुमा यो कोषको रकममा अझै बृद्धि गर्दै जाने बताउनु भएको हो । आयोजित सभालाई सम्बोधन गर्ने क्रममा राज्यमन्त्री सिर्पालीले आफु मन्त्री भए पछिको पहिलो तलब रकम पाउना साथ नै यो रकम आफनो माईती गाउँ स्थित कमजोर विद्यालयलाई दिने घोषणा गर्नु भएको थियो ।
अक्षकोषको ब्याजको रकमबाट विद्यालयमा पढने विपन्न एवं जेहेन्दार विद्यार्थीहरु मध्य एक बालक र एक बालिका गरी दुई जनालाई शैक्षिक सामग्री वा नगर रुपियाँ प्रदान गरिने बताईएको छ ।
१२६ जना विद्यार्थी रहेको यो सिद्धिमालिका आधारभुत विद्यालयको स्थापना २०६५ सालमा गरिएको थियो । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरु दलित एवं विपन्न परिवारबाट पढन आउने रहेका छन । उक्त विद्यालयमा अहिले पनि शौचालय, खानेपानी लगाएतका आधारभुत सुविधाहरुबाट बन्चित गहेको छ ।
सिद्धिमालिका आधारभुत विद्यालयका विपन्न एवं जेहेनदार विद्यार्थीको लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रि सुशिला सिर्पालीले आफनी स्व. आमा रमि देवी धराली (सिर्पाली) र बाुवा धन बहादुर धराली (सिर्पाली) को समझनामा स्थापना गर्न लागेको अक्ष कोषका लागि रकम विद्यालयलाई हस्तान्तरण गर्नु हुदै ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here