रामकरन हरिजन नवलपरासी : पश्चिम नवलपरासीमा ९ वर्षिय विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ ।
प्रतापपुर गाउँपालिका–४ बस्ने निरन्जन यादवले ९ वर्षिय कन्चना राजभरलाई निर्घात कुटपिट गरेपछि पिडितपक्षले दिएको जाहेरीको अधारमा आज प्रहरीले पक्राउ गरी बेलुका मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
विद्यार्थीका अभिभावकले दिएको जाहेरीको आधारमा आज शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा अभिभावकले जाहेरी दिए पछि सरावल गाउँपालिका -७ स्थित रहेका कालिका ईङगलिस स्कुलका सहायक प्रधानाध्यापक निरन्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी(डिएसपी)रेशम बोहराले बताउनु भयो । उनले भने अभिभावकले दिएको जाहेरीको आधारमा बालबालिका ऐन २०७५ को दफा ७२ अनुसार यादव शिक्षकलाई प्रहरीले पक्राउ गरी बालबालिका सम्बन्धि कसुरमा मुद्धा दायर गरी कारवाही अगाडी बढाएको छ । बालबालिका ऐन २०७५ को दफा ७२ को उपदफा (१) वा (२)बमोजिमको कुनै कार्य गरेमा पचास हजार रुपैया सम्म जरिवाना र एक वर्ष सजाय (कैद) हुने ब्यवस्था छ, ।मङ्सिर १८ गते स्कुल नगएका विद्यार्थीकै घरमा आई प्रिन्सिपलका भाई निरन्जन यादवले ३-४ थप्पड पिटेको अभिभाक राजकुमार राभजभरले बताए । उनले भने शिक्षकले गरेको कुटपिटबाट टाउको तथा शरीरमा निलडाम देखिएको छ ।
Home समाचार प्रमुख समाचार शिक्षकले ९ वर्षिय विद्यार्थीलाई निर्घात कुटपिट प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गर्यो...