गृहमन्त्रीलाई भेटन पर्यटन राज्यमन्त्री अस्पताल पुग्नु भएको छ

0
61

गोपी ज्ञवाली काठमाण्डौ मंसिर २२ गते । उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझन संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी विहिवार साझ गंगा लाल हृदय केन्द्र बाँसवारी पुग्नु भएको छ ।
स्वास्थ्य अवस्थालाई ध्यान दिदै डाक्टरले गृहमन्त्री श्रेष्ठलाई कम बोल्न भने अनुसार राज्यमन्त्री सिर्पाली ठकुरीले गृहमन्त्री श्रेष्ठको उपचारमा खटिएका डाक्टरहरु संग वहाँको स्वाश्थ्य अवश्थाबारे जानकारी दिनु भएको छ । स्वास्थ्यमा समस्या देखीए पछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंसीर १९ गते अस्पताल भर्ना हुनु भएको हो । यस अघि गत कार्तिक १ गतेका दिन चिन भ्रमणको बेलामा गृहमन्त्री श्रेष्ठलाई हृदयमा समस्या देखीए पछि चीनमा नै उपचार गरेर नेपाल फर्कनु भएको थियो । गृहमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको भए पनि उच्च स्तरको सावधानी राख्नु पर्ने डाक्टरहरुले बताएका छन ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here