नवलपरासी : ईन्सोरेन्स कम्पनीले बालीको पनि बिमा गर्न थाल्यो ।पश्चिम नवलपरासीको पाल्हीनन्दन -.५ मा आई जि आई प्रुडेन्सियल ईन्सोरेन्स कम्पनीले बाली तथा पशुपन्क्षीको पनि बिमा गर्न सचेतना गराएको छ ।
पाल्हीनन्दन स्थित राधा कृष्ण माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरी कृषि तथा पशुपन्क्षी बिमा सम्बन्धि कृषकहरुलाई जानकारी दिएको हो ।आई जि आई प्रुडेन्सियल ईन्सोरेन्स कम्पनीले सचेतना कार्यक्रममा कृषि तथा पशुपन्क्षीको क्षतिपुर्ति पाउन र लिनको लागि प्रत्येक कृषकले समयमै बिमा गराउनु पर्ने हुन्छ आई जि आई प्रुडेन्सियल ईन्सोरेन्स कम्पनीका सुकसागर बरई ले बताउनु भयो ।
सुकसागर बरईका अनुसार धान,गेंहु,मकै,तोरी,आलु,टमाटर,हरियो,तरकारी,समेत खेतमा छरिसकेपछि केही दिन पछि ईन्सोरेन्स कम्पनी वा ईन्सोरेन्स कम्पनीका सम्बन्धित ब्यक्ति तथा एजेन्ट संग बिमा गराउनु पर्छ त्यसपछि सो बालीमा कुनै रोग लागेर वा अकसमात बाढी पहिरोबाट हानीनोकसानी भएमा नियम बमोजिम प्रकृया पुरा गरी ईन्सोरेन्स कम्पनीले क्षति भएको अनाजको मुल्याकन क्षतिपुर्ति उपलब्ध गराउने छ । यस्तै पशुपन्क्षीको पनि ईन्सोरेन्स गरिन्छ र बिमा गरि सकेपछि कुनै रोग तथा अकस्मात् मृत्यु भईसकेपछि कम्पनीले नियम बमोजिम क्षतिपूर्ति दिनेछ ।
कृषि तथा पशुपन्क्षीको बिमा गराउनु र बिमा गराई सकेपछि अपर्झट क्षति भई हाल्यो भने बिमा कम्पनीलाई खबर गरेपछि नियम अनुसार क्षतिपुर्ती पाईन्छ आई जि आई प्रुडेन्सियल ईन्सोरेन्स कम्पनीले कार्यक्रम्मा जानकारी दिएको स्थानिय त्रिलोकी गुप्ताले बताउनु भयो । आई जि आई प्रुडेन्सियल ईन्सोरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि दयाशकर त्रिपाठी विशिष्ट अतिथि त्रिलोकी गुप्ता थिए ।