पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन न्यूक्त

0
114

काठमाण्डौ, पुस ४ गते । बुधवार बसेको पशुपति क्षेत्र विकास कोष संचालक परिषद बैठकले पत्रकार लक्ष्मी पुनलाई न्यूक्त गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रकी केन्द्रीय समिती सदस्य रहेकी लक्ष्मी पुन पत्रकारिता पेशामा लामो समय विताएकी पत्रकार हुन । पश्चिम रुकुम निवासी पुन पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय समितीकी पुर्व सचिव, प्रेस सेन्टर नेपालकी पुर्व उपाध्यक्ष रहनु भएको थियो । यस भन्दा पहिला ओनसरी घर्ती उपसभामुख हुदा वहाँकी प्रेस संयोजक, जनार्दन शर्मा गृह मन्त्री हुदा वहाँको पनि प्रस संयोजकको जिम्मेवारी सम्हालेकी पुनले २०५४ साल देखी पत्रकारीता शुरु गर्नु भएको थियो । बाल्यकालमा भारतको गोवाबाट रानजैतिक र पत्रकारिता संग संगै शुरु गरेकी पुनको पत्रकारिता गोवाबाट प्रकाशित हुने वास्को ईन्साईडबाट पत्रकारिताको काम शुरु गरेको बताउनु भएको छ ।

माओवादी आन्दोलनमा योगदान पुर्याउनका लागि भारतको गोवा देखी नेपाल आएकी पुनले तात्किालिन विद्रोही माओवादीले संचालन गरेको रेडियो गणतन्त्रमा समेत भुमिगत रुपमा काम गरेको बताईएको छ । लामो समय माओवादी आन्दोलनमा समय बिताएकी पुनले लिटरेचर अंग्रेजीबाट स्नातकोत्तर सहित कानुनमा स्नातक गर्नु भएको छ । सम्भवत पशुपती क्षेत्र विकास कोषको ईतिहासमा पहिलो पटक महिला कार्यकारी निर्देशक बन्नु हुने पुन पहिलाे महिलाकाे रूपमा हुनु हुन्छ ।

गाेपी ज्ञवाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here