९ महिनामा ३० जनाले लिए गाउँपालिकाबाट श्रम स्वीकृती

0
128

नवलपरासी :स्थानिय निकायबाटै ९ महिनामा ३० जनाले लिए श्रमस्वीकृति,पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिलाई  श्रमस्वीकृत गरेको छ । गाउँपालिकाले रोजगार शाखा मार्फत वैदेशिक रोजगारमा जान चाहने ३० जनाको  श्रमस्वीकृत गरिसकेको रोजगार शाखाका कृष्ण ढकालले बताउनु भयो ।

वैदेशिक रोजगारिमा जान चाहने व्यक्तिहरुले स्थानियतहबाटै श्रमस्वीकृति तथा पुन श्रमस्वीकृति लिएका छन ।यस अघि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानु पर्ने बाध्यता थियो ।स्थानियतह गाउँपालिका तथा नगरपालिकाबाटै श्रम स्वीकृति पाउँदा वैदेशिक रोजगारमा जाने युवाहरु उत्साहित भएका छन ।

बैशाख देखि नै गाउँपालिका तथा नगरपालिकामा श्रम स्वीकृति सेवा सुरु गरेको पाल्हीनन्दन गाउँपालकाका रोजगार संयोजकले जानकारी दिनु भयो ।बैशाख देखि मंसिर सम्म पाल्हीनन्दनका ३० जनाले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गईसकेका छन ।श्रम स्विकृति सम्बन्धि अन्य जानकारी स्थानिय तहको रोजगार शाखामा बुझ्न सकिने गाउँपालिकाले जनाएको छ ।यस अघि श्रम स्वीकृति लिन काठमाण्डौ जानु पर्ने बाध्यता थियो ।अहिले आफनै पालिकाबाट सेवा पाए पछि सहज भएको स्थानियहरुले बताएका छन

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here