नवलपरासी : नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ९ स्थित रहेको पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव अन्तिम चरणमा पुगेको छ । पौष १५ देखि विविध कार्यक्रम गरी २१ गते सम्म स्वर्ण जयन्ती मनाईने अन्तिम चरणमा पुगेको बिहिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । संविधान सभा सदस्य विक्रम खनालको संयोजकत्वमा ५९ सदस्य मुल समारोह समिती गठन गरी २६ वटा उप-समितीले भव्य र सभ्यका साथ स्वर्ण जयन्ति मनाउने भन्दै तिब्र गतिमा त्यारी भईरहेको पत्रकार सम्मेलनमा मुल समारोहका संयोजक खनालले बताउनु भयो ।स्वर्ण जयन्ती मनाउनका लागि स्मारक निर्माण कार्य अन्तिम चर्णमा पुगेको छ ।मन्च व्यवस्थापन तथा उज्यालो तथा रङगि विरङगीको लागि बिजुली बत्तिको व्यवस्थापन भईरहेको तथा विद्यालयमा अतिरिक्त क्रियाकलाप गरी संचालन भईरहेको जानकारी दिनु भयो ।त्यस्तै स्वर्ण जयन्ति महोत्सवका लागि दाताहरु संग सहयोग संकलन भईरहेको छ ।सम्मान पत्र प्रशंसा पत्र निमन्त्रणा पत्र छपाई गरी वितरण कार्य भईरहेको जनाईएको छ । स्वर्ण जयन्ति सञ्चालनको लागि ५० लाख रुपैयाँ संकलन हुने र हाल सम्म ४१ लाख बढी संकलन भईसकेको खनालले बताउनु भयो । स्वर्ण जयन्तिको पहिलो दिन १५ गते प्रभात फेरी, समुद्घाटन, स्मारक लोकार्पण, पिटी, सुभकामना मन्तव्य, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
संस्कृतिक कार्यक्रम्मा केन्द्रीय कलाकारहरुको निमन्त्रणा भईसकेको,साथै स्थानिय संस्कृतिलाई झल्काउने गरी विभिन्न साँस्कृतिक कार्यक्रमको अभ्यास भइरहेको खनालले बताउनु भयो । संस्कृतिक कार्यक्रम्मा दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पुर्व शिक्षक सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । तेस्रो दिन १७ गते संस्थापक, पुर्व वि.व्य.स., पुर्व शि.अ.स, पुर्व विभिन्न उप–समिति सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । चौथो दिन १८ गते साँस्कृति कार्यक्रम, चन्दादाता, दानदाता सम्मान तथा सुभकामना जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । त्यस्तै पाचौँ दिन १९ गते पुर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । छैठौँ दिन २० गते जिल्ल स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रमको सातौँ दिन २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, पि.टी. खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको विद्यालयले जनाएको छ । कार्यक्रमको समुद्घाटनको प्रमुख अतिथिको रुपमा नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरिएको र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका जनप्रतिनिधिहरुलाई फरक–फरक दिन प्रमुख अतिथिको रुपमा बोलाउने खनालले बताउनु भयो ।