बर्दघाट : अन्तराष्ट्रिय खुला तेक्वान्दो खेलमा प्रथम नवलपरासी भएको छ ।
शनिवार देखि शुरु गरिको प्रतियोगितामा २ सय ५० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिको उपस्थिति रहेको न्यु लाईफ माध्यमिकका प्रधानध्यापक सन्तोष अधिकारीले जानकारी दिनु भयो । प्रधानध्यापकले भने अनुसार खेल प्रतियोगितामा नेपालको कन्चनपुर, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी, नवलपरासी पुर्व, काठमाडौं, चितवन, काभ्रे लगायतका जिल्लाबाट खेलाडीहरु आएका थिए । त्यस्तै छिमेकी राष्ट्र भारतको दिल्ली, गुणगाउँ, हरियाणा, गाँजियाबाद, उत्तर प्रदेश लगायतका स्थानहरुबाट प्रतियोगितामा सहभागि हुन खेलाडिहरु आएको खेल संयोजक विजय कुमारले जानकारी दिनु भयो ।
बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न् गरीएको थियो ।
पुरस्कार वितरणका क्रममा ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा,न्यु लाइफ मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारी, संचालक सदस्य डि.बि.अधिकारी पत्रकार लगाएत उपस्थित थिए । समग्र भारत तेक्वान्दो डोजाङको सह–आयोजक र राष्ट्रिय तेक्वान्दो संघको सहकारमा आज प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम नवलपरासी, द्धितीय भारत र तृतीय रुपन्देही भएको आयोजकले जनाएको छ ।