प्रत्येक नागरिक निशुल्क स्वास्थ्य-शिक्षा पाउनु पर्छ अमिक शेरचन

0
73

नवलपरासी । प्रत्येक नागरिक निशुल्क स्वास्थ्य-शिक्षा पाउनु पर्छ लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन ।” समुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्नु शिक्षा प्रणालीमा कमजोरी रहेको बताउदै नेपालको शिक्षा भारतको उपनिबेसमा लादिएको शिक्षा रहेको शेरचनले भने नेपालमा ब्यवसायीक र बैज्ञानिक शिक्षा आवश्यक रहेको बताउदै व्यवसायिक शिक्षा निति निर्माण गर्न जरुरी रहेको उहाको भनाइ छ। पश्चिम नवलपरासीको बर्दघाट -९ मा रहेको राजा महात्मा पुर्ण भद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै शेरचनले भन्नु भयो जनताले चाहेको र राज्यले खोजेको शिक्षा निति घोषणा गर्नु पर्ने आजको आवस्यकता रहेको शेरचनले बताउनु भयो । व्यक्तिगत स्वार्थका लागि केही व्यक्ति राजनीतिमा आउने र स्वार्थ पुरा गर्ने भाडो बनाएपछि शिक्षा निति आउन नसकेको शेरचनको भनाइ छ

पुर्व स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठीले देशको शिक्षाप्रति दिन-प्रतिदिन विश्वास घटिरहेको बताउदै शिक्षा नितिको समिक्षा गर्नु पर्ने अति आवश्यक रहेको बताउनु भयो । देशको शिक्षा,स्वास्थ निति प्रति हामी सबै पुन बिचार गर्न जरुरी रहेको बताउनु भयो । प्रतिनिधि सभा सदस्य सरिता भुसालले अहिलेको शिक्षा नितिले उत्पादन गरेका विद्यार्थी कस्ता छन कहाँ छन भन्ने कुरा गम्भीर भएर सोच्न पर्ने बताउनु भयो । अहिलेको शिक्षा निति कस्तो बनाउने बिषयमा सदनमा गम्भीर हुनुपर्छ बताउनु भयो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नेपाली काङ्ग्रेसका जिल्ला सचिब कुलदिप आचार्य, संविधान सभा सदस्य सीता बौडेल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट नगरका पुर्व प्रमुख घिरज शर्मा बस्याल, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सघ सस्थाको तर्फबाट इन्देणी सामाजिक बिकास मञ्चका कार्यकारी बद्री प्रसाद सुबेदी, नेपाल शिक्षक महासङ्ग बर्दघाटका अध्यक्ष सभ्यता प्रसाइ, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्य लगायतले बोल्दै शैक्षिकस्तर उकास्नका लागी लाग्नु पर्ने बताउनु भयो । स्वर्ण महोत्सव मुल आयोजना समिति संयोजक बिक्रम खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कान्त चापागाईं, कार्यक्रम संचालन प्रध्यानाध्यापक पुस्पराज अधिकारीले गर्नु भएको थियो ।

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here