उमेश बि.क / नवलपरासी ,२६ पुस
चिसोका कारण केही दिनयता बालबालिका तथा बृद्ध -बृद्धाको जनजिवन कष्टकर बन्दै गएपछि स्थानियतहले दाउरा वितरण गर्न थालेको छ ।नवलपरासीको सरावल गाउँपालिकाले चाेक चाैरहा एवं विभिन्न स्थानमा दाउरा वितरण गर्न शुरु गरेको छ ।
बिहान देखि बाक्लो हुस्सु तथा शितलहर लाग्न थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेपछि दाउरा बितरण गर्न सुरुवात गरिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनु भयो । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै राहतस्वरुप सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मकाे चोकचोकमा पालिकाले दाउरा वितरण गरेकोे हो ।
पालिका अध्यक्ष चाैधरीले शीतलहर सँगै चल्ने चिसो हावाका कारण केही दिनयता बालबालिका बृद्ध-बृद्धा मुटु रोगीहरुको जनजीवन प्रभावित बन्दै गएपछि गाउँका चोक-चोकमा दाउरा वितरण गरिए पनि आजदेखि भित्री बस्ती तथा चोकमा समेत दाउरा वितरण गरिने जानकारी दिनु भयो ।मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु देखेर आवश्यकता अनुसार दाउरा वितरण गरिएको वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवले बताउ नुभयो ।
दाउरा पाउनसाथ स्थानीय खुशी ब्यक्त गरेका छन। शीतलहर सँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका , गर्भवती महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।