- नेपालका ऐतिहासिक शिप, कलालाई उत्पादन मुलक काममा लगाउछौ ः राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी
- खेलले मानसिक, शारिरीक विकास सहित सामाजिक विकासमा समेत टेवा पुग्ने ः राज्यमन्त्री सिर्पाली ।
- नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम २०८०” मा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको सम्बोधन
अर्घाखाँची |अर्घाखाँची समग्र पर्यटन विकासका लागि नेपाल पत्रकार महासंघको आयोजनामा र जिल्ला समन्वय समितिको पर्यटन प्रर्वधनका लागि ५ महिने अभियान संचालन गरिएको छ ।
अभियानको उदघाटनका लागि यही माघ १ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड जाने कार्यक्रम तय भएको छ । अर्घाखाँची पर्यटन प्रवद्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री माननीय सुशिला सिर्पाली ठकुरी गत ५ दिन देखी अर्घाखाँचीका विभिन्न स्थानमा पर्यटन पर्वद्धनका लागि अभियानमा आफै खटनु भएको नेपाल पत्रकार महासंघ अर्घाखाची शाखाका अध्यक्ष अशोक खनालले बताउनु भएको छ ।
अर्घाखाँची जिल्लामा सुपादेउराली मन्दिर, अर्घादरबार, अर्घाभगवतीको मन्दिर, ठाडाको डमरु दह, नरपानीको पर्यटकिय मनोरम दृष्य, छत्रदेवको छत्रेश्वर मन्दिर लगाएतका स्थानहरु पर्यटकिय स्थलको रुपमा परिचित छन । अर्घाखाँचीमा ऐतिहासिक एवं धार्मिक पर्यटकिय स्थल सहित अहिले कृषि पर्यटनका क्षेत्रहरु पनि अगाडी आएका छन । जसमा ब्यावसायिक पशुपालन, माछा पालन सहित कफि जोनको समेत विकास गरीने योजना रहेको माननीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले बताउनु भएको छ ।