पेट्रोल, डिजेल र मट्टीतेलमा एक रुपैया घट्यो

0
83

नवलपरासी :नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल,र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ।

सोमबार इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटरमा घटेर आएपछि नेपाली बजारमा मूल्य समायोजन गरिएको प्रवक्ता मनोज ठाकुरले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए। समायोजन पश्चात पेट्रोलियम पदार्थको हकमा निगमको डिपो/ कार्यालय देखि १५ किलोमिटर सम्म देहाय बमोजिम नयाँ खुद्रा विक्री मुल्य कायम भएको छ ।

मूल्य घटेपछि चार आली,बिराटनगर,जनकपुर,अमलेखागञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र विरगञ्जमा १ सय ६३ रुपैया ५० पैसा र डिजेल र मट्टीतेल १ सय ५३ रुपैया ५० पैसा,यस्तै सुर्खेतर दाङमा १ सय ६५ रुपैया पेट्रोल र डिजेल र मट्टीतेल १सय ५५ रुपैया निर्धारण भएको छ ।
काठमाडौं पोखरा,दिपायलमा, १ सय ६६ रुपैयाँ पेट्रोल र डिजेल तथा मट्टीतेल १ सय ५६ रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here