नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न

0
67

पप्पु रेग्मी, बर्दघाट, ५ पाैष ।  पश्चिम नवलपरासीकाे बर्दघाट उद्योग वाणिज्य संघले गत पुष महिनाको २१ गते सम्पन्न भएको संघको छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूले संघकाे सभहलमा शुक्रबार पदभार ग्रहण गर्नुभएको हाे । यस उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष  लेखनाथ न्याैपाने पुनः निर्वाचित हुनुभएकाे छ भने बरिष्ठ उपाध्यक्षमा तारा प्रसाद गौतम, वाणिज्य उपाध्यक्ष चन्द्र बहादुर दमाई, उद्योग उपाध्यक्ष टेक बहादुर बुढाथोकी, महासचिव गंगा प्रसाद पाठक, सचिव दिल्लीराम कंडेल, कोषाध्यक्ष जित बहादुर थारु, सह–कोषाध्यक्ष पार्वति भुसाल र सदस्यहरु घनश्याम पाध्या आचार्य, खुमानन्द बस्याल, प्रकाश घिमिरे, कृष्ण प्रसाद सापकोटा, रुविन तामाङ, घनश्याम थारु र सन्तोष श्रेष्ठले पदभार ग्रहण गर्नु  भएको हो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत अधिवक्ता रामकृष्ण पौडेलले प्रमाण-पत्र प्रदान गर्दै पदभार ग्रहण गराउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सरिता भुषाल खनालले बर्दघाट उद्योग वाणिज्य संघले हालका चुनौतिहरुलाई चिर्दै अगाडी बढ्नेमा विश्वास गर्नुभयो । उहाँले आफू कानुन निमार्ण गर्ने स्थानमा रहेको भन्दै उद्योगीको समस्याहरु समाधान गर्ने प्रकृतिको कानुन निमार्ण गर्नेमा आफूहरु लाग्ने बताउदै, पछिल्लो समय मुलुकको अर्थतन्त्र खस्कदो अवस्थामा रहेको र यसको प्रत्यक्ष प्रभाव उद्योग र वाणिज्य क्षेत्रमा समस्या परेको  बताउनुभयो । भुषालले बैंक तथा वित्तिय संस्थाहरुले सहुलियत व्याजमा लगानी गरे उद्योगीलाई सहज हुने बताउनु भयो ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले बर्दघाट उद्योग वाणिज्य संघलाई महासंघको सदस्यता दिलाउन आफूहरुले पहल गरेको र त्यसमा सफलता प्राप्त गरेको बताउनुभयो । संघका अध्यक्ष न्यौपानले आफूले विगतदेखि नै व्यवसायीको हितमा कार्य गर्दै आएको र आगामी दिनमा  त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नुभयाे ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here