महिलाहरूकाे आवाज उठान गर्नका लागि महिला प्रेस कल्ब गठन

0
73

नवलपरासी । नवलपरासी महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हकहितमा आवाज उठान गर्नका लागि संगठीत भएका छन् ।

जिल्लाका विभिन्न मिडियामा काम गर्ने महिला पत्रकारहरू शुक्रबारका दिन जिल्लामा भेला भई महिला प्रेस क्लब गठन गरेकाे महिला प्रेस कल्बका अध्यक्ष कलपना खरेलले बताईन ।

नवलपरासी खबर मिडिया प्रा.लि. सुनवलकी पत्रकार कल्पना खरेलको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना केसी (पाल्हीनन्दन), सचिवमा डोल्मा चौधरी (सरावल), कोषाध्यक्षमा सितमति हरिजन (सुस्ता) तथा सदस्यमा आरती राना (बर्दघाट), मञ्जु यादव (सुनवल) र ↑ यादव (रामग्राम) चयन हुनु भएको अध्यक्ष खरेलले जानकारी दिनु भयो ।
पश्चिम नवलपरासी जिल्लामा महिला पत्रकारको संख्या कम रहेको र सँचार क्षेत्रमा काम गर्ने  महिला पत्रकारहरूकाे  क्षमता अभिवृद्धि, एवम्  उनीहरुको हकहितको पक्षमा आवाज उठाउने निकाय भएकाे महशुस गर्दै सात वटै स्थानीय तहका महिला पत्रकारहरू एक जुट भएर  सँगठन बनाएकाे अध्यक्ष खरेलले जानकारी दिनु भयो । नवलपरासी महिला प्रेस क्लवले महिला सञ्चारकर्मीहरूको पक्षमा काम गर्ने र महिलाका समस्यालाई समाचार मार्फत उठान गर्ने उहाँले बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै महिला पत्रकारहरूकाे सक्रियता बढाउन आवश्यक रहेकाे जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले बताउनु भयाे । उहाँले भन्नु भयाे महिलाहरूकाे समस्या निरन्तरता दिन चुनौती रहे महिला पत्रकारको पक्षमा बुलन्द आवाज उठाउन क्लवलाई आग्रह गर्नुभयो । परासी प्रेस क्लवका अध्यक्ष क्ष बेचु गौडले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण पेशा भएको र महिला पत्रकारलाई थप चुनौती रहेकोले चुनौतीका बीच पनि अवसरको रुपमा लिएर सक्रियता र क्षमता बढाउँदै अघि बढ्न जोड दिनुभयो ।
उक्त अवसरमा दैनिक द्वान्टीफोर खबरका सम्पादक एवं रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, लुम्बिनी दैनिकका पत्रकार गौरीशंकर जयसवाल लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको महिला प्रेस क्लवकी सचिव डोल्मा चौधरीले बताउनुभयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here