अत्याधिक जाडो बढेपछि नवलपरासीका विद्यालय बन्द

0
96

नवलपरासी: अत्याधिक जाडो बढे संगै नवलपरासीका स्थानिय तहले बिदा दिएको छ ।तराईमा शितलहर,हुस्सु,संगै चिसो हावा चलेपछि पश्चिम नवलपरासीका स्थानिय सरकारले भोली सोमवार देखि बिदा दिएको हो ।

नवलपरासी जिल्नलामा रहेका नगरपालिका,गाउँपालिका भित्र संञ्चालित समुदायिक,धार्मिक तथा संस्थागत विद्यालयलाई विदा दिन स्थानिय तहले सुचना प्रकाशन गरेको छ।समुदायिक,धार्मिक तथा संस्थागत विद्यालयमा अध्यन गर्ने बालबालिकाहरुको स्वास्थ्यमा अत्याधिक जाडो बढेपछि नगरपालिका तथा गाउँपालिकाका शिक्षा समितीले बिदा गर्ने निर्णय गरेको छ ।

प्रतापपुर गाउँपालिकाले माघ ७ देखि ९ गते सम्म ३ दिन बिदा गरेको छ।१३ गते देखि सञ्चालन गर्ने साथै अधारभुत तह तथा राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुने विद्यार्थी खेलाडीहरुलाई छनौट गरी खेलकुद कार्यक्रमलाई निरन्तरता दिन्छ । यस्तै सरावल र सुस्ता गाउँपालिकाले  ८ गते देखि १० सम्म ३ दिन समुदायिक,धार्मिक तथा संस्थागत विद्यालय बन्द रहनेछ सुचना जारी गरेको छ ।भने पाल्हीनन्दन गाउँपालिकाले ८ देखि १२ गते सम्म ५ दिन बिदा दिएको छ ।भने बर्दघाटले ७,८,र ९  बिदा दिएको छ ,भने सुनवल नगरपालिकाले ८ र ९ बिदा गरेको छ स्थानिय मोहन सापकोटाले बताउनु भयो ।

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here