नबलपरासी।पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा न.७ जगन्नाथपुरमा गाउँपालिका स्तरिय पाँचाै आधारभुत तह तथा दाेस्राे राष्टयपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भएकाे छ ।
प्रतापपुर गाउँपालिकाकाे सहकार्यमा प्रतापपुर-७ जगन्नाथपुर स्थित गणेश माध्यमिक विद्यालयकाे प्राङगणमा गाउँपालिका स्तरिय अन्तर पाँचाै आधारभुत तह तथा दाेस्राे राष्टपति शिल्ड खेलकुद प्रतियोगिता सुरू भएकाे खेलकुद व्यवस्थापन समितिका सदस्य अभिनन्दन सिँहले बताउनु भयाे ।
नवलपरासीकाे गणेश माध्यमिक विद्यालयकाे खेल मैदान भईरहेकाे राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम आउने खेलाडीलाई रू.२५,००० द्वितीयेलाई रू.१५,००० र तृतीयलाई १०,००० हजार पुरस्कार दिने खेलकुद व्यवस्थापन समितिले जनाएकाे हाे ।
प्रतापपुर -७ सुर्यपुरामा रहेकाे शुभेच्छा बचत तथा ऋण सहकारीले राष्टपति रनिङ शिल्ड खेलकुदमा प्रथम आउने खेलाडीलाई रू.५,००० द्वितीयेलाई रू.३,००० र तृतीयलाई रू.२,००० हजार पुरस्कृत गर्ने छ खेलकुद व्यवस्थापन समितिले बताएकाे ।
उक्त गाउँपालिका भित्र समुदायिक,सँस्थागत, र धार्मिक विद्यालय ५४ वटा विद्यालय मध्ये ४६ विद्यालयहरू खेलकुद प्रतियोगितामा सहभागी रहेकाे खेलकुद व्यवस्थापन समितिले जनाएकाे छ ।”राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा अग्लाे उफ्रिनु,लामाे उफ्रिनु, दाैड,लगायत विभिन्न खेलकुद गराईने छ ।
आधारभुत तह तथा दाेस्राे राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे उदघाटन प्रतिनिधि सभा सदस्य बिनाेद कुमार चाैधरीले गर्नु भएकाे हाे ।