कक्षा(१०)मा अध्यनरत विद्यार्थीहरूलाई वृति परामर्श कार्यक्रम

0
106
Exif_JPEG_420

नवलपरासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा एस ई ई कक्षा(१०)मा अध्यनरत विद्यार्थीहरूलाई वृति परामर्श कार्यक्रम सँचालन गरेकाे छ ।

पाल्हीनन्दन गाउँपालिका-६ स्थित सुकदेव माध्यमिक विद्यालय वृत परामर्श कार्यक्रममा भएकाे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ यादवले बताउनु भयाे ।

एस.ई.ई.परीक्षामा उतिर्ण गरी सके पछि कुन विषय पढने समयमै बाैद्धिक ब्यक्ति सँग सल्लाह गर्नु पर्छ भन्दै शिक्षा सँगै तपाईहरूले बसिरहेकाे स्थानकाे बारेमा पनि अध्यन गर्न तथा प्रचार प्रासर गर्न आवश्यक रहेकाे वृत कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूलाई पाल्हीनन्दनका प्रमुख प्रशासकीय अधिकृत एवम् प्रमुख अतिथि बुद्ध प्रकाश पाैडेलले बताउनु भयाे  ।

पाल्हीनन्दन गाउँपालिका -६ सनईमा रहेकाे ऐतिहासिक नन्दन ताल प्राचीन काेलिय गणराज्य र बुद्धकाे जन्म स्थल सँग जाेडिएकाेले पँडितपुर देखि नन्दन ताल सम्म आन्नद जात्रा निकालेर प्रचार प्रसार गरेपछि नन्दनतालकाे पनि छिट्टै प्रचार प्रासर हुन्छ पत्रकार बेचु गाैँडले वृत्त कार्यक्रममा सुझाव दिनु भयाे ।

एस ई ई परिक्षामा सुकदेव माध्यमिक विद्यालयका विद्यार्थीले ८० % भन्दा बढी नम्बर ल्याउने विद्यार्थीलाई  सुकदेव माध्यमिक विद्यालय ब्यवस्थापन समितिले साईकल पुरस्कार दिने छ व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ यादवले बताउनु भयाे ।

नन्दन ताल भित्र हाम्रो पनि जग्गा रहेकाेले नन्दनताल पर्यटन क्षेत्र बनाउनकाे लागि सहमत छु पाल्हीनन्दन गाउँपालिका -६ भित्र सबै जग्गा धनिहरूले पनि सहमत हुन जरूरी छ पाल्हीनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य अनिता सहानीले बताउनु भयाे ।कार्यपालिका सदस्यले भन्छिन नन्दन ताल पर्यटन क्षेत्र भएपछि यहाँका स्थानियहरूले राेजगार पाउने अवसर पनि मिल्छ र सँघ, प्रदेश र स्थानिय तहले बजेट नि पार्छ । कार्यक्रम सँचालन उमेश शर्माले गर्नु भएकाे थियाे ।

दिनानाथ यादवकाे अध्यक्षतामा प्रमुख अतिथि बुद्ध प्रकाश पाैडेल, विशिष्ट अतिथि सुनिता सहानी,काेलिय खबरका सम्पादक एवम् बुटवल टुडे राष्टिय दैनिका समाचारदाता पत्रकार बेचु गाैड,राष्टिय समाचार समितिका प्रतिनिधि रामकरन हरिजन लगायत उपस्थिती रहेकाे थियाे ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here