नवलपरासी: पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं २ स्थित हरपुर माध्यमिक विद्यालयमा दोस्रो राष्टपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा हरपुर माध्यमिकको व्यवस्थापनमा सोमवार देखि राष्टपति रनिङ शिल्ड प्रतियोगिता एक कार्यक्रम बिच उदघाटन गरिएको हो ।माघ २४ सम्म हुने प्रतियोगिताको उदघाटन पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले हरपुर माध्यमिक विद्यालयमा पुर्वाधार समेतको खेलमैदानको लागि पहल गर्ने बताउनु भयो ।खेलमैदानको लागि उपयुक्त स्थान छनौट गरी डिपियार निर्माण गर्ने गाउँपालिकालाई उहाँले अनुरोध गर्नु भयो ।
खेलकुदले राष्ट्रको लागि असल नागरिक उत्पादन गर्नमा समेत सहयोग पुर्याउन सहयोग गर्दछ साथै स्वास्थ्यमा पनि मदत पुर्याउछ ।पुर्वगृहराज्यमन्त्री कण्डेलले भन्नुभयो आफु यस क्षेत्रबाट हारेपनि महेशपुर देखि सुनवलसम्मको सडक विस्तारमा पुर्णता दिने ।विद्यालयबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले गाउँपालिकाले हरपुर माध्यमिक विद्यालयमा दोस्रो पटक राष्टपति रनिङ शिल्ड प्रतियोगिता निरन्तरता दिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले बताउनु भयो ।
खेलकुदबाट नागरक स्वस्थ्य रहने राष्ट्रको पनि पहिचान बन्ने र खेलाडी उत्पादनमा टेवा पुग्ने रहेकोले पाल्हीनन्दन गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा दिदै आएको उहाँले भन्नु भयो ।गाउँपालिका भित्र रहेका सडक तथा कृषि क्षेत्रलाई आवश्यक सहजीकरण गर्दिनका लागि संघ,प्रदेशमा प्रतिनिधित्व गर्दिन सानसंदहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रम्मा लुम्विनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल,सडक बस्नेत,जिल्ला समन्वय समितीका प्रमुख भगौती यावद(रुदल),गाउँपालिका उपाध्यक्ष फातुमा खातुन (अंसारी) वडा अध्यक्ष लगायत उपस्थिती रहेको थियो ।