नवलपरासी:पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ ।
२०५२ साल फागुन १ गते आजको दिन शसस्त्र जनयुद्ध औपचारिक रुपमा सुरु गरिएको सम्झनामा पाल्हीनन्दन गाउँपालिकाले जनयुद्ध दिवस मनाएको छ ।१० वर्ष शसस्त्र जनयुद्धको उपलब्धिबाट आज हामी यो ब्यस्थामा पुगेका छौं,जनयुद्धका कारण मुलुकमा संघिय,लोकतान्त्रिक,र गणतन्त्र नेपालमा स्थापना भएको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले बताए ।
शसस्त्र जनयुद्धको क्रम्मा बलिदानी दिने सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति उच्च सम्मा गर्दै पाल्हीनन्दन गाउँपालिकाले आज जन युद्ध दिवसको उपलक्ष्यमा गाउँपालिका मातहतका सम्पुर्ण निकायमा आज १ दिन सार्वजनिक विदा दिएको उनले बताए ।गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका,घाइते, वेपत्ताहरुको सम्मान गर्दै दिवस मनाउने र विदा दिने गरी निर्णय गरेको छ।