सुरेश यादव नवलपरासी : पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका -४ स्थित लुम्बिनी प्रदेश कृषि मन्त्री भण्डारी लाल अहिर संग जनता समाजवादी पार्टीले अन्तरक्रिया गरेकाे छ ।
रामग्राम नगरपालिका -१० -१६, १४ लाख बराबरकाे २० वटा डिप ट्युबवेलकाे लागि बजेट विनयाेजन गरिएकाे लुम्बिनी प्रदेश कृषि मन्त्री भण्डारी लाल अहिर अन्तरकृया कार्यक्रममा बताउनु भयाे ।
यश वर्ष ५० लाख बराबरकाे सुस्ता गाउँपालिकामा विद्युतिय पाेल गाडनकाे लागि बजेट विनयाेजन गरिएकाे छ आउने दिनमा पालिकाकाे नाम ताेकेर कृषि क्षेत्रमा बजेट विनयाेजन हुन्छ उहाँले भन्नु भयाे ।”सदरमुकाम बुद्ध चाेकमा रहेकाे पृथ्वी चन्द्र अस्पतालमा याेग्य डाक्टर पठाउन लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्न उहाँले जाेड दिनु भयाे ।
अन्तरक्रिया कार्यक्रममा पुर्व रक्षा राज्य मन्त्री रामवचन यादव,रामग्राम -४ का वडाध्यक्ष मदन यादव,७ न. वडाध्यक्ष रविन्द्र यादव,११ नं ११ वडाध्यक्ष धनिराम यादव,पृथ्वी चन्द्र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ता लगायत उपस्थित थिए जसपाका जिल्ला सह-सचिव कमलेश मालीले जानकारी दिनु भयाे ।