माझी समुदायको लदी पर्व राज्यमन्त्री द्धारा उदघाटन

0
90

काठमाण्डौ । माझी समुदायको सबै भन्दा ठुलो चार्ड लदी (घाट) पुजाको शुरुवात सनिवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गर्नु भएको छ ।
माझी चलचित्र कर्मी संघको आयोजनामा सनिवार चलचित्र विकास वोर्डको सभाहलमा माझीको सबै भन्दा ठुलो चार्ड लदी पर्वको उदघाटन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सिर्पालीले गर्नु भएको माझी चलचित्र कर्मी संघका महासचिव अमृता माया माझील बताउनु भयो ।
नदीमा ढुंगा चलाउदै आएका माझी समुदायको आफनै भाषा, पोषाक, संस्कार, संस्कृति भएको भए पनि माझीहरुको लदी पर्वमा सरकारले विदा दिनु पर्ने उनीहरुको माँग राखेका छ ।

माझी समुदायले फागुनको तेस्रो मंगलवार देश भरिमा लदी पर्व मनाउने गरेका छन ।यस अवसरमा आयोजित लदी पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै राज्य मन्त्री सिर्पालीले संस्कृतिक मन्त्रालयले संस्कृति ऐन बनाउन लागेकाले यसमा माझी समुदायका पहिचान झल्कने गरी ऐनमा विषय आउने बताउनु भएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here