मदारबाबा मेला सुरु

0
88

नवलपरासीः हिन्दु एवं मुसलमान समुदायको साझा तिर्थ स्थलको रुपमा रहेको नवलपरासीको मदारबाबा मेला सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नवलपरासीको मदारबाबा मेलाको उदघाटन गर्नु भएको छ।नेपाल धर्म निर्पेक्ष देश हो,हिन्दु धर्म मात्र नभई सबै धर्मको सम्मान गर्नु पर्छ उहाँले भन्नु भयो ।

पुर्वी र पश्चिमी नवलपरासीको सिमाना दाउन्ने पहाडमा लाग्ने उक्त मेला विहिवार देखि १ हप्ता सम्म मेला चल्ने मदरबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्धिन अंसारीले बताउनु भएको छ ।हप्ता सम्म चल्ने मदारबाबा मेलामा नेपाल, भारतबाट करिब लाखौं संख्यामा दर्शनार्थी मेला आउने अनुमान गरिएको छ ।नवलपरासीको सुस्ता-४ महलबारी बजार देखि करिब १० किलोमिटर उत्तर दाउन्ने पहाड भागमा रहेको मदरबाबा मजार क्षेत्रमा लाग्ने मेला एक हप्ता सम्म संचालनमा आउने छ ।नेपाल भन्दा भारबाट हिन्दु एवं मुसल्मान दुबै धर्मका धर्मावलम्बीहरु यो मेला स्थल ७ दिन सम्म खचाखच भरिन्छ ।

मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा हिन्दु र मुस्लिम  धर्मका धर्मावलम्बिहरु मदारबाबा आउने गर्दछन ।प्रत्येक वर्ष मदारबाबा मेला लाग्ने गर्छ मेला ब्यवास्थापन समितीले मेलाको तयारी सम्पन्न गरी सकेको मदरबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालु अंसारीले बताउनु भयो ।

मेलामा ठुलो संख्यामा भक्तजनहरु आउने भएकाले मेला ब्यावस्थापन समितीले यस क्षेत्रको सरसफाई,शौचालय,स्नान गृह, बासस्थान,पैदल हिडेर जानु पर्ने पहाडी भाग (जंगलको क्षेत्र) मा खाने पानीको ब्यावस्था लगाएतका पुर्वाधारहरुको ब्यवास्था मिलाएको बताईएको छ ।दाउन्ने डाँडाको तल्लो भाग महलबारी बजार देखी करिब ४ घण्टा पैदल यात्रा गरेर मदारबाबाको मजारमा पुगिन्छ ।बाबाको मजारमा पुगी हिन्दु मुस्लिम दुबै समुुदायका मानिसहरुले बाबाको मजारमा चादर चडाउने, प्रार्थना गर्ने,आफनो आवश्यकता अनुसार भक्कल गर्ने, भक्कल पुरा भएकाले विभिन्न बस्तुहरु चडाउने लगाएतका काम गर्ने गर्छन ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here