नवलपरासी ∶पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐७ स्थित भगवान गौतम बुद्धको अस्तुधातु रहेको स्तुपमा धातु पुजा पाठ र प्रार्थना गर्नका लागि एक हजार थाई भिच्छुहरु आउने भएका छन ।
परासी क्याम्पसबाट पैदलयात्रा गर्दै भिच्छुहरुको समुह रामग्राम स्तुपामा पुग्ने र भिच्छु समुहलाई फूलले स्वागत गर्नुको लागि रामग्राम नगरपालिका आवश्यक ब्यवस्थापन तयारीमा जुटेको नगरप्रमुख धनपत यादवले बताउनु भयो ।“आउने आईतवार भिच्छुहरुको आगमन हुने मेयर यादवले जानकारी दिनु भयो ।
सरसफाई,स्वागत सत्कार तथा स्तुपको सजावटका लागि नगरपालिकाका कर्मचारीहरुको आन्तरिक बैंठक बसि प्राविधिक,जनपरिचालन, प्राविधिक तथा कर्मचारीको जिम्मेवारी तोकिएको प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले जानकारी दिनु भयो ।
प्रथम पटक रामग्राम स्तुपामा ठुलो संख्या भिच्छु आउनु नगरबासीकै लागि गौरवको कुरा भएको बोल्दै भिच्छुको स्वागत कार्यमा सम्पुर्ण नगरबासी तथा सरोकारवाला संघ संस्थालाइ आग्रह गरिने मेयर यादवले बताउनु भयो । भगवान बुद्धको धातुको अध्यात्मिक महत्व के छ ? त्यस प्रतिको श्रद्धाको बारेमा थाईबाट सिक्नु पर्ने उनको भनाई थियो ।
बौद्ध मार्गमा मानिसका लागि पाँच दुर्लभ कुरा मध्ये पहिलो यो धर्तिमा मानिस भएर जन्मिनु पहिलो दुर्लभ कुरा हो, मानिस भएर जन्मदा बुद्ध शासनमा जन्मन पाउनु, दोश्रो दुर्लभ कुरा हो, बुद्ध शासनमा जन्मेर बुद्धको धर्म सुन्न पाउनु भिच्छुको दर्शन पाउनु तेश्रो दुर्लभ हो,धर्मदेशना पाएर बुद्ध मार्गमा हिड्न सक्नु चौथो दुर्लभ र बुद्धको ज्ञान पाएर अरहन्त हुनु पाँचौ दुर्लभ भएको भनाई छ । यो क्षेत्रमा बुद्धको प्रतिक बुद्धसँघ वा भिच्छु संघ आउदै छन् ।
रामग्राम स्तुपले रामग्रामबासीलाई मात्र होईन्,सम्पुर्ण नेपालीकै लागि गौरवान्वित गर्दैछ । भगवान गौतम बुद्धको अस्थिधातुलाई आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिय राजाहरुले पाएको भागलाई राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि तत्कालिन मगध सम्राट अशोकले सबै स्तुपको उत्खनन गराई संसार भरि विगतरण गरि ८४ हजार स्पुप निर्माण गराउने अभियानमा लागेका थिए ।
अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीले यो (रामग्राम) स्तुप नखनिदिन आग्रह गरे अनुसार सम्राट अशोकले यो स्तुप(रामग्राम) स्तुपको उत्खनन गरेरनन् । ति नागबंशी भिच्छुका लागि त्यही विहारको समेत निर्माण गराउन लगाएका थिए ।
यो स्तुपको संरक्षण,पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरुले गर्दै आएका थिए । तत्पश्चात तत्कालिन मगधका सम्राट अशोक बुद्धका सात वटा स्तुप उत्खनन गराई ति धातु संसारका ८४ हजार स्थानमा वितरण गर्ने अभियानको क्रममा अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आएका थिए । उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीहरुले यो स्तुप धर्मको धरोहर हो,भन्दै स्तुप उत्खनन नगरिदिन आग्रह गरेका थिए । आफुहरु बाचुन्जेल स्तुप खन्न नदिने नागबंशीको अटल विश्वासबाट प्रभावित भई सम्राट अशोकले नागबंशीसँग सम्बाद सिला बनाई स्तुप क्षेत्रमा राख्न लगाएको,ति नागबंशी तथा भिच्छुका लागि नजिकै बौद्ध विहार बनाई दिएको र स्नानका लागि पोखरीको निर्माण गर्न लगाएका थिए ।
रामग्राम स्तुप,प्राचिन इतिहास,धार्मिक धरोहर,बौद्धकालिन संस्कृतिको आधार र अध्यात्मिक अभ्यासका लागि संसारकै लागि हेर्न लायक स्थल हुनेमा सबैले विश्वास गरेका थिए ।
संसारको एक मात्र सिगाँे अष्टधातु रहेको छ । यो रामग्राम स्तुपमा प्राचिन कालमा पनि स्तुप नजिकै अध्यात्मिक अभ्यासका लागि सुन्याघारहरु रहेको,भिच्छु बस्ने विहार पनि संगै फेला छ । यस क्षेत्रमा अध्यात्मिक अभ्यासका लागि विश्वकै लागि एक उपलब्धीको रुपमा लिइएको छ । अहिले रामग्राम स्तुपमा सांसरको ध्यानाकर्षण भएको हुदा अहिले बौद्ध भिच्छु र बौद्धमार्गीहरुको आगमनमा वृद्धि भएको छ । भगवान बुद्धको अस्तुधातु रहेको स्थानमा श्रद्धापुर्वक एउटा फूल मात्रै अर्पण गर्नाले मानिसको लागि देवलोकको बाटो खुल्ने बौद्ध साहित्यमा उल्लेख पाईन्छ । स्तुपमा बसेर ध्यान विपश्यना गर्नाले जरामरणको मुतिmको बाटोसम्म पुर्याउने अध्यात्मिक मान्यता रहेको छ । यसले गर्दा पनि संसारका बौद्ध भिच्छु र बौद्धमार्गी एक पटक भए पनि यो स्तुपको धातु पुजामा सहभागि हुने मान्यता रहेको छ ।