उन्नती मेला सम्पन्न

0
72

नवलपुर :उन्नती कल्चर भिलेजले मौलिक कला, हस्तकला प्रवद्र्वन र बजारीकरण गर्न सघाउने अन्तराष्ट्रिय नारी दिवस तथा उन्नती कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला आयोजना गरेको छ । मेलामा देश भरिका हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पिस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरु प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीको अवलोकन पश्चात चौधरी उद्योग हस्पिटालिम्यानेजमेन्टका प्रवन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्गमा चौधरी फाउण्डेशनले सघाउने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।आफुले सञ्चालन गरेको होटल, रिसोर्टमा विक्रीका लागि राखिदिने र निर्यातमा सहजिकरण गर्न सघाउन तयार रहेको चौधरीले बताउनुभयो ।
उन्नती कल्चर भिलेजका फाउण्डर तथा चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीले नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार रहेकोले यसको व्यवसायिक प्रवन्द्र्वन गर्न उन्नती कलचर भिलेजले स्थापना देखि नै प्रोत्साहन गर्दै आएको र आगामी दिनमा सघाउने बताउनुभयो । यसका लागि उन्नती कलचर भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुर विच हस्तकलाका सामाग्रीहरु उन्नती कलचर भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर जानकारी प्रधान श्रेष्ठले जानकारी दिनुभयो । सम्झौतामा फाउण्डेशनका निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठ विच हस्ताक्षर भएको थियो ।उन्नती कल्चर भिलेजले स्थापना काल देखि चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आईरहेको छ ।

उन्नती मेलाको उद्घाटन गर्दैै गण्डकी प्रदेशका पुर्वसचेतक/सांसद ओमकला गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम नभए सम्म समग्र मुलुकको विकास सम्भव नहुने बताउनुभयो । नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरुको आर्थिक सशक्तिकरणको वर्तमान अवश्था, चुनौत र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा पितृसत्तात्मक सोचका कारण राज्यले ऐन, कानुन र नीति कार्यक्रम ल्याए पनि कार्यान्वयनमा फितलो भएको उल्लेख छ ।
प्रभु बैंकका शाखा प्रवन्धक दिर्घ नारायण न्यौपानेले वित्तिय साक्षरता, महिला अभियान्ता रेखा पौडेलले महिला उद्यमशिलतामा सुचनाको पहुंच, कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघका केन्द्रीय सदस्य विन्दु काफ्ले पोख्रेल, साना तथा घरेलु उद्योग महासंघ ललितपुरका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सिद्वार्थ आवासीय मावि कावासोतीका संस्थापक प्रिन्सिपल भोजराज दाहालले आफ्नो व्यवसायिक अनुभव प्रस्तुत गरेका थिए ।

यसै विच महिलामा लगानी, सभ्य तथा समुन्नत समाजको थालनी विषयमा प्यानल छलफल गरेको थियो । प्यानल छलफलका क्रममा महिला उद्यमी मञ्च बागमती प्रदेश अध्यक्ष चन्दना कोईरालाले विगतमा नेपाल कपासमा आत्मानिर्भर तथा निर्यात गरेपनि आज मुस्किलले ३ प्रतिशत पनि उत्पादन हुन नसकेको बताउनुभयो । नेपालको कपास अन्य देशको भन्दा अव्वल छ उहांले भन्नुभयो-नेपालमा कपास खेतीको राम्रो सम्भवाना छ ।आफुले ८० प्रतिशत डोलई अस्ट्रेलिया, अमेरिका निर्यात गर्दै आएको र कच्चा पद्वार्थ नपाएर विदेशबाट आयात गर्नुपरेको अध्यक्ष कोईरालाको भनाई थियो ।
कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत विश्वास काफ्लेनेपालमा कृषकको उत्पादन लागत बढी भएकोले लागत घटाउन अनुदान अन्य विकल्प खोजी आवश्यक रहेको बताउनुभयो । चितवन महिला उद्यमी मञ्चकी अध्यक्ष तथा सौन्दर्य व्यवसायी सृजना स्वतीले नेपालमा व्युटिपार्लर तालिमलाई प्रभावकारी बनाउन सकेमा राम्रो माग रहेको बताउनुभयो । आफुले हाल सम्म ७ हजार ८ सय जनालाई तालिम प्रदान गरेको र त्यसमध्ये ५ सयआफैं स्वरोजगार र ४ हजार जनाले विदेशमा गएर राम्रो कमाई गरेको अनुभव सुनाउनुभयो ।

सम्मेलनमा वागमति र गण्डकी प्रदेशका करिव ५ सय जनाले सहभागीता जनाएका थिए । सम्मेलनको सहजीकरण प्रिन्सि काफ्ले र चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न मौलिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here