माक्र्सवादी ज्ञान केन्द्रको प्रदेश बैठक विभिन्न निणर्य गर्दै सम्पन्न

0
136

भालुबाङ, दाङ : माक्र्सवादी ज्ञान केन्द्र लुम्बिनी प्रदेशको पहिलो भौतिक बैठक राप्ती गाउँपालिकाको वार्ड नम्बर ३ स्थित मौरीघाटमा बसी विभिन्न निणर्ण गर्दै बैठक सम्पन्न भएको छ ।

माक्र्सवादी ज्ञानको विस्तारका लागि पढने पठाउने अभियान सहित पछिल्लो कोविड महामारीको समयमा भर्चुवल रुपमा गठन भई भर्चुवल रुपमा नै संचालन हुदै आएको माक्र्सवादी ज्ञान केन्द्रले पछिल्लो समयमा आम युवाहरुको बैचारिक स्तर उठान भन्दै विभिन्न कार्यक्रम संचालन गर्दै आएको अवस्थामा लुम्बिनी प्रदेश स्तरिय समितीको पहिलो भौतिक बैठक दाङको राप्ती गाउँपालिकामा बसेको माक्र्सवादी ज्ञान केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष गोपी ज्ञवालीले बताउनु भयो ।

ज्ञान केन्द्रका प्रदेश अध्यक्ष गोपी ज्ञवालीको अध्यक्षतामा बसेको माक्र्सवादी ज्ञान केन्द्र लुम्बिनी प्रदेश समितिको पहिलो भौतिक बिस्तारित बैठकले प्रदेश परिषद गठन, प्रदेशका विभिन्न जिल्लाहरुमा जिल्ला शाखा गठान, बैज्ञानिका शिक्षाका लागि प्रशिक्षक रोस्टर उत्पादन, प्रदेशका विभिन्न जिल्लाहरुमा भर्चुवल (डिजिटल) एवं भौतिक प्रशिक्षणहरु संचालन, युवाहरुलाई ईन्टरनेट मार्फत स्वरोजगार बनाउने प्रशिक्षण दिने लगाएत निणर्य गरेको छ ।

ज्ञान केन्द्रका सचिव अर्जन सुवेदीले संचालन गर्नु भएको पहिलो भौतिक बैठकमा केन्द्रका केन्द्रीय सल्लाहाकार डा.कृष्ण खनाल, माओवादी केन्द्रका प्रदेश सचिव कृष्ण अधिकारी प्रकाशको विशेष उपस्तिी रहेको थियो भने ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमल्सीनाले अनलाईन मार्फत बैठकलाई सम्बोधन गर्नु भएको थियो ।

माक्र्सवादी ज्ञान केन्द्रले गोष्ठी, पुस्तक परिचर्चा, बैठक, प्रशिक्षण, विभिन्न समसामयिक विषयमा अन्र्तक्रिया लगाएतका कार्यक्रमहरु सबै अनलाईन मार्फत गर्दै आएकोमा संस्था स्थापना भएको ४ वर्षमा पहिलो पटक भौतिक (प्रत्यक्ष भेट मार्फत) रुपमा बैठक बसेको ज्ञान केन्द्र लुम्बिनीका कोषध्यक्ष लेखनाथ भन्डारीले बताउनु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here