नवलपरासी∶ पुुर्व प्रधानमन्त्री शेर बहादुर देउवा’ले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ‐१ महेशपुर चोकस्थित स्व.पृथ्वीराज कण्डेल बसपार्कको उदघाटन गर्नुु भएको छ ।
शनिवार नेपाली कांग्रेसका केन्द्रीय सभापती एवं पुुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले महेशपुर बसपार्कको आज समुुदघाटन गर्नुुका साथै स्व. पृथ्वी राज कण्डेलको शालिक अनावरण कार्यक्रम्मा सहभागि भई बसपार्कको समुुदघाटन भएको हो ।
नवलपरासी सदरमुकाम बुद्ध चोक स्थित विनोद निताकण्डेल आँखा अस्पताल निर्माण गरी दैनिक विरामीहरुको सेवा गदै आउनुु भएको कार्यलाई प्रशंसनीय रहेको बताउनुु भयो ।
पुर्व गृहराज मन्त्री देवेन्द्र राज कण्डेलले आफनो नम्बरी जग्गामा सार्वजनिक बसपार्क निर्माण गरी समाजिक सेवामा लागनुु भएको प्रशंसा गर्नुु भएको थियो ।
पुर्व सहरी विकास मन्त्री मान्नीय रामकुमारी झाक्रीले महेशपुर बसपार्क निर्माणका लागि एक करोड रुपैया बजेट विनियोजन गर्नुु भएकोमा समुदघाटन कार्यक्रम्मा पुर्व गृहराज मन्त्री देवेन्द्रराज कण्डेलले धन्यबाद दिनुु भएको छ । यस बसपार्क निर्माण कार्यमा सहयोग गर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुु प्रसाद गुप्ता (दिपक) लगायत वडाध्यक्ष चुुल्हाई प्रसाद यादवलाई विशेष धन्यबाद दिनुु भएको हो ।
भारतबाट आउने पर्यटकहरु संग दोहोरो कर लिन पाईदैन पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुु प्रसाद गुप्ता (दिपक)ले कार्यक्रममा बताउनुु भयो ।उनका अनुसार छ सयय रुपैयामा भन्सार र पाँच सय रुपैया टुलटेक्स भारतीय पर्यटकहरुलाई तिरन सरकारले बाध्य बनाएको छ ।