पाल्हीनन्दन सिद्धार्थ माध्यमिक (एसइई) परीक्षामा नतिजा शुन्य ।

0
214

नवलपरासी: पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका‐३ स्थित सिद्धार्थ माध्यमिक कृषि संकायका (एसइई) परीक्षामा नतिजा शुन्य आएको छ ।

सरकारको एक पालिका एक प्राविधिक शिक्षा नितिअनुसार पाल्हीनन्दन गाउँपालिकाले सिद्धार्थ माध्यमिक विद्यालयले कृषि संकाय पढाएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । विद्यार्थीहरुलाइ‌  कृषि संकाय पढाउनको लागि स्थानिय तह तथा विद्यालयले (नौ ) जना शिक्षक करारमा राखेको छ ,जसमा एक जना प्रशिक्षक ,र एक जना ल्याब सहयोगी छन ।

२०८० को एसइई परीक्षामा दश जना विद्यार्थीले एसइइ परीेक्षा दिएका तीमध्ये पुरै फेल छन पाल्हीनन्दन गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादवले जानकारी दिनुु भयो । उनका अनुसार (एसइई) परीक्षामा विद्यार्थीहरुले राम्रो नलेखेपछि नतिजा शुन्य आएको हो , केही शिक्षकहरुमा कमि कमजोरी हुनु सगैं विद्यार्थी र अभिभावकहरुमा पनि कमि कमजोरी छ । फेल भएका विद्यार्थीहरुलाई पास गराउनका लागि कलास दिई रहेका छौ , विद्यार्थीहरु पढन आएका छैन्न ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here