स्वास्थ्य विमा वापतको रकम भुक्तानी नगर्दा अस्पताल सेवा प्रवाहमा समस्या ।

0
186
Exif_JPEG_420

नवलपरासी : सरकारले स्वास्थ्य विमा वापतको रकम भुक्तानी नगर्दा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐५ बुद्ध चोकस्थित पृथ्वीचन्द्र अस्पतालको सेवा प्रवाहमा समस्या आएको छ ।

सदरमुकाम परासीमा रहेका पृथ्वीचन्द्र अस्पताललाई विमा वापतको एक करोड पचास लाख रुपैया लिनुु पर्नेमा तीस लाख रुपैया मात्र स्वास्थ्य बिमावोर्डले असार महिनामा दिएको छ । भुक्तानी नदिएपछि अस्पताल सेवा प्रवाहमा असर परेको पृथ्वीचन्द्र अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले जानकारी दिनुु भयो ।

उनका अनुसार औषधी व्यवसायीहरुले पुरानो (उधारो) रकम नदिए सम्म आफुुहरु औषधी नदिने भनेका छन । विमा वापतको रकम भुक्तानी नहुँदा कर्मचारीहरुको तलब भत्ता औषधी देखि ल्याबको लागि आवश्यक केमिकल समेत खरिद गर्नमा समस्या भएको छ ।रकम अभावका कारण त्तकालै खरिद गर्नुु पर्ने औषधी समेत खरिद गर्न नसकदा विमीत विरामीहरुलाई निशुुल्क औषधी वितरण गर्न नसकने अवस्था सृजना भएको छ सुुचना अधिकारी ज्ञवालीले बताउनुु भयो ।

सरकारले २०७२ साल देखि स्वास्थ्य विमा सुरु गरेको थियो । सुुरु भएको दश वर्ष बढी हुुन लाग्यो । विमीत विरामीहरुले विमावापतको रकम संगै उपचारमा समस्या बेहोर्दै आएका छन । भने सेवा प्रदायक अस्पताल विमा सुविधा उपलब्ध गराए वापतका रकम पाएका छैन्न जसका कारण अब अस्पताल नै सेवा नदिने अवस्थामा पुुगेको छ ।

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here