विमान दुर्घटना छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

0
58

काठमाडौ : त्रिभुवन विमानस्थलमा भएकाे  विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय आयोग गठन गरेकाे छ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको मन्त्री गुरुङले जानकारी दिनु भयाे ।

सौर्य एयरको विमान दुर्घटनाको भाेली शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाइने बुधबार सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी आयोग सदस्यमा छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन्।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here