भारतीय पक्षले गण्डक नहरकाे आवश्यक मर्मत गरेन ।

0
249
Exif_JPEG_420

नवलपरासी ः भारतीय पक्षले गण्डक नहरको आवश्यक मर्मत गरेन अधिकांश संरचना भतकिसकेकाे छ । भने गण्डक नहर माथि रहेका अधिकांश पुल जिणर् अवस्थामा छ ।
गण्डक नहर स्थलगत निरीक्षण गरी आवश्यक मर्मतका लागि पटक पटक पत्र पठाउदा भारत सरकारले चासो नलिएको नवलपरासी गण्डक नहर संघर्ष समितीका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी दिनुु भयो ।

उनका अनुसार नेपाल भारतबीच भएको गण्डक समझौता अन्तर्गत भारतीय पक्षले मर्मत गर्नुु पर्ने गण्डक नहरमा भएका पुलको रेलिङ समेत फुटेका छ , भाेतिक संरचना फुटेका कारण सवारी साधन आवत जावत गर्नमा समस्या भइरहेकाे छ ।

वर्षौ पहिला निर्माण गरिएको गण्डक नहर पश्चिम नवलपरासीको सुर्जपुरा पावर हाउस हुुदै भारत तर्फ गएको नहर संगै निर्माण गरिएका सडक मर्मत नगर्दा वर्षेनी  दुर्घटना हुने गरेकाे  छ ।

नरायणी नदी देखि भारतको झुलनीपुर सम्म सात वटा पुलको भौतीक संरचना समेत मर्मतका लागि भारतलाई चार पटक सम्म आफुुले पत्राचार गरेपनि अहिले सम्म मर्मत नगरेको बताउनुु भयो । नेपाल भारतबीच भएको गण्डक समझौता अनुसार नहरमा पानीको नियन्त्रण देखि लिएर नहर व्यवस्थापनको सम्पुणर् काम भारतीय पक्षले नै गर्नु पर्ने हाे ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here