कानुन मिच्दै समुदायिक विद्यालय शुल्क लिदै ।

0
228
Exif_JPEG_420

नवलपरासी : नेपालको संविधानले आधारभूत तह सम्मको शिक्षा अनिवार्य तथा माध्यमिक तहसम्मको सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेपनि पश्चिम नवलपरासीका समुदायिक विद्यालयले कानुुन मिच्दै विद्यार्थीहरु संग शुल्क लिदै आएको छ ।
सरकारले निशुुल्क शिक्षाको व्यवस्था गरेपनि जिल्लाका समुदायिक विद्यालयहरुले विद्यार्थीहरु संग शुल्क लिएपछि निशुल्क शिक्षा उपलब्ध गराउनका लागि विद्यालय ब्यवस्थापन समिति जवाफदेही र जिम्मेवार बनाउने उदेश्यले शसतिmकरण कार्यक्रम गरिएको राष्ट्रिय सभाका पुर्व सांसद रामलखन हरिजनले बताउनुु भयो ।

उनका अनुुसार गृह गाउँपालिका प्रतापपुर गाउँपालिका रहेकोले कानुनको पालना गराउनुका साथै विद्यालयमा शुसासन स्थापना गर्न र विद्यालय ब्यवस्थापन समितिलाई नै पहिला निशुल्क शिक्षा पढाउन जागरुक गराउनु पर्ने आवश्य देखिएकोले पहिला प्रतापपुर गाउँपालिका भित्रका विद्यालय व्यवस्थापन समितीलाई शसक्तिकरण गर्न लागिएकोे हो । सविधान र कानुनको पालना नगर्नु कानुुन विपरीत मनोमानी शुल्क उठाउनुु भनेको भ्रष्टाचार गरेको बुुझिन्छ । त्यस्ता भ्रष्टाचारमा विद्यालय ब्यवस्थापन समिति समेत सहभागी रहेको उनको भनाई छ ।

निशुल्क शिक्षाका विषयमा विद्यालय ब्यवस्थापन समितिलाई गम्भिर र जिम्मेवार बनाउनको लागि शसतिmकरण कार्य गरिएको छ । स्थानिय तहका विद्यालयमा पुणर् निशुल्क शिक्षा बनाउनको लागि गाँउ गाँउ र टोल टोलमा अभिभावक समूहको पनि गठन भईरहेको छ । जस्ले व्यवस्थापन समितिलाई दवाव सृजना गर्नुका साथै विद्यालयमा पठन पाठनबारे अभिभावकलाई पनि सचेत बनाइने छ ।

कुनै प्रकारको शुल्क लिईन पाईदैन नेपालको संविधानमा व्यवस्था रहेपनि विद्यालयहरुले विद्यार्थी तथा अभिभावकहरु संग शुल्क उठाउने कार्य गर्दै आएका छन । विद्यालयले लिइरहेको शुल्क पुष्टि गर्नका लागि विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलाई जिम्मेवार बनाईने र अभिभावक भेला गराउँदै जागरण र स्थानिय सरकार प्रति दवाव सृजना समेत गर्ने उनको भनाई थियो ।

संस्थागत (निजी) विद्यालय जस्तै शुल्क उल्लेख नगरि आर्थिक सहयोगको नाममा जबरजस्ती रकम असुल्ने कार्य विद्यालयले गर्नु एक प्रकारको भ्रष्टाचार भएको हुँदा भ्रष्टाचार मुक्त विद्यालय र पुणर् निःशुल्क पठन पाठन गाउँपालिका बनाउनमा गाउँपालिकाका सबै अभिभावक र सरोकारवाला मिलेर अगाडि बढेर अभियान चलाउन कार्यक्रमका सहजकर्ता सन्तोष हरिजनले जोड दिनुु भयो  ।

विद्यालय प्रशासनले विभिन्न कार्यमा ब्यवस्थान समितिलाई समेत छुक्याउदै निणर्य गराउँदै आएको कार्यक्रममा सहभागि समितिका पदाधिकारीहरूले सुनाएका थिए । यो शसतिmकरण कार्यक्रमले अब विद्यालय ब्यवस्थान समितिका सदस्यहरूले आफ्नो काम कर्तब्य र अधिकार जानकारी पहिलो पटक पाएको त्रिभुवन मावि बेलाटारीको विद्यालय ब्यवस्थापन समितिका सदस्य युवराज मौर्यले जानकारी गराउनुु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here