सत्ता र भत्ताका लागि कम्युनिष्टहरुले राजावादी सँग पनि सहकार्य गर्छन् : उपेन्द्र यादव

0
158

काठमाडौ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर छ ।

नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी तल खसेकाे टिप्पणी गरेका छन्  पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादी सँग पनि सहकार्य गर्ने गरेको बताए ।

कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै रहेको उनको भनाई थियो । सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले मुलुकमा दुःख पाउनु परेको  अध्यक्ष यादवले बताए ।

 

उनले भने, ‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला भन्दै अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूलाई  हेर्छु म उहाँहरूले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नु  भएको छ । त्यसको भाग दौडमा यति तल सम्म झरदाे रहेछन कि कल्पना नै गर्न सकिँदैन । व्यहारै नमिल्ने  राजावादी सँग पनि एकता गर्ने, गरेकै हो । के का लागि ? सत्ता भत्ता र सकारका लागि ।

त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जो सँग पनि चलेकै छ । नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत छ

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here