काठमाडौ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर छ ।
नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी तल खसेकाे टिप्पणी गरेका छन् पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादी सँग पनि सहकार्य गर्ने गरेको बताए ।