प्रतापपुर‐ २ मा निशुल्क शिक्षा घाेषणा

0
282
Exif_JPEG_420

नवलपरासी ∶ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका‐२ का समुदायिक विद्यालयमा निशुल्क शिक्षा घोषणा भएको छ ।
समुदायिक विद्यालयका विद्यार्थीहरुले निशुुल्क शिक्षा पाउनुु पर्छ नेपालको नीतिअनुसार आफुुले आफनो कार्यक्षेत्र भित्रका सबै समुदायिक विद्यालयमा निशुल्क शिक्षा घोषणा गरेको प्रतापपुर २ नं का वडाध्यक्ष रामनरेश अहिले जानकारी दिनुु भयो ।
उनका अनुसार २ नं वडाका विद्यार्थीहरुको लागि मात्र निशुल्क शिक्षाको व्यवस्था छ । समुदायिक विद्यालयमा अंग्रेजी तथा नेपाली संकाय अध्यन गर्ने विद्यार्थीले कुनै पनि शुुल्क तिर्न पर्दैन ।
समुुदायिक विद्यालयका विद्यार्थीहरु संग कुनै किसिमको शुुल्क लिएको गुनासो आएपछि सम्बन्धित विद्यालयका शिक्षक तथा प्रधानध्यापकलाई कानुुन बमोजिक कार्यवाही हुन्छ ,प्रतापपुर ‐२ मा आदर्श माध्यमिक विद्यालय सेमरी र जनता प्राथमिक विद्यालय घोडहा विद्यार्थीहरु निशुल्क शिक्षा अध्यन गर्न पाएका छन ।

प्रत्येक नेपाली नागरिकलाई अधारभुत शिक्षामा पहुँच हुनेछ ,राज्यबाट अधारभुत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने प्रत्येक नागरिकको हक हुनेछ नेपालको संविधानले भनेको छ ।
समुदायिक विद्यालयमा निशुल्क शिक्षा घोषणा गरेपछि प्रतापपुर गाउँपालिकाका वडाध्यक्ष रामनरेश अहिरलाई प्रतापपुर गाउँपालिकाका स्थानियतह मिनी बालेन भन्न थालेका छन प्रतापपुर निवासी संतोश हरिजनले एक कार्यक्रम बिच बताउनुु भयो ।
पश्चिम नवलपरासी सात वटा स्थानिय तह मध्ये समुदायिक विद्यालयमा निशुल्क शिक्षा घोषणा गर्ने प्रतापपुर‐२ वडाध्यक्ष रामनरेश यादव पहिलो हो ।
संविधानले भने पनि अन्य विद्यालयमा निशुुल्क शिक्षाको व्यवस्था छैन प्रतापपुर २ नं वडामा समुदायिक विद्यालय भित्रै अंग्रेजी र नेपाली संकाय पढाई भएकोले वडा कार्यालयले आर्थिक जिम्मा लिएछ प्रतापपुर गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा तथा सुचना अधिकारी डिल्ली राम ढुंगानाले बताउनुु भयो ।

admin

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here