काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूकाे बैठक सुरू हुने भएकाे छ । बिहान ११ बजे पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा आजकाे बैठक बस्ने हो ।
केही दिनयता पार्टीको बैठक निरन्तर बस्दै आएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाबारे छलफल गर्ने । साथै पार्टीलाई अगामी दिनमा कसरी अगाडी लैजाने तथा रणनीति, साङ्गठनिक र पार्टीका कार्यकरताहरूलाई सक्रिय बनाउने विषयमा पनि छलफल गर्ने बताइएको छ ।