नवलपरासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, हर्दीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । आफ्नै घर भित्र सुतिरहेको अवस्थामा गए राति २० वर्षीय राेशन बढई भन्ने सूर्यकुमार बढईको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेको अवस्थामा शव फेला परेको हो । हत्याको कारण खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । शव पाेष्टमर्टमकाे लागि जिल्ला स्थित पृथ्वी चन्द्र अस्पतामा पठाईएकाे छ ।
भारतकाे वर्डर देखि करिब एक किलोमिटर उत्तर रहेकाे छ भने गेरमी चाेैकि देखि पाँच सय मिटर पश्चिम र दक्षिण हर्दी गाउँमा हत्या भएकाे छ । घर भित्र सुतिरहेको अवस्थामा हत्या भएकाे देखेर आफुुुहरू पनि असुरक्षित रहेकाे भन्दै स्थानीयहरू यति खेेरा त्रासमा छन ।