पाल्हीनन्दन गाँउपालिकाकाे १७ औ गाउँ सभा सम्पन्न ।

0
93
Exif_JPEG_420

नवलपरासी : पश्चिम नवलपरासीको  पाल्हीनन्दन गाँउपालिकाकाे १७ औ गाउँ सभा सम्पन्न । गाउँ सभा ढिलाे भए पनि आयोजित गाउँ सभामा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले आर्थिक वर्ष २०८१÷०८२ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष फातिमा खातुन अन्सारीले प्रस्तुत गरेकी हुन ।

 

सभामा  ५२ करोड ९२ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । अन्तर सरकारी अख्तियारी बाहेकको बजेट गाउँपालिकाले जानकारी गरायो । बजेट कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सुशासन प्रवद्र्धन, कृषिमा किसान सहयोगी विभिन्न कार्यक्रमलाई प्राथमिकता राखेको छ । बजेटमा सशर्त, समपुरक र विशेष अनुदान बाहेक कुल २७ करोड ९५ लाख बजेटमा चालु तर्फ ५६ दशमलव ५ प्रतिशत र विकास बजेट ४३ दशमलव ३ प्रतिशत विनियोजन गरेकाे छ ।

 

६ वटा वडालाई एक करोडकाे दरले बजेट विनियोजन गरेको छ ।६ करोड, वडा कार्यालय संञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड, शाखा गत कार्यक्रम तथा खर्च बापत ४ करोड, समपुरक कोष १ करोड ४० लाख, विभिन्न कोषका लागि ३० लाख, पालिका अन्तर्गतका योजनाका लागि ५ करोड २५ लाख र अघिल्लो वर्षबाट आएका योजनाका लागि २ करोड बजेट विनियोजन गरेकाे छ ।

 

चालु आर्थिक वर्षमा २ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा पेश गर्नुपर्ने प्रावधान छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बजेट पारित गर्नु पर्ने  छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here