नवलपरासी ∶ नवलपरासी (बर्दघाट‐ सुस्ता पश्चिम रामग्राम नगरपालिकाले समुदायिक विद्यालयको समाजिक परिक्षण गर्ने भएको छ ।
यो आर्थिक वर्ष कटाएर दुुई महिना भित्र गर्नुु पर्ने भएकोले विद्यालय व्यवस्थापन समिती गठन गरेर अब समाजिक परिक्षण गर्ने आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक भट्ठराईको भनाई छ ।
विद्यालयको वार्षिक आयव्याय शिक्षक र विद्यार्थी बिचको सम्बन्ध ,अभिभावकको दृष्टिकोण र समाजिक सम्बन्ध लगायतका कुराहरु समाजिक परिक्षणमा हेर्ने रामग्राम नगरपालिकाका शिक्षा प्रमुख सुुन्दर खनालले जानकारी भयो । विद्यालय व्यवस्थान समिती तथा अभिभावक संघ समेतलाई बोलाएर भदौ महिनामा समाजिक परिक्षण गर्ने उनको भनाई छ ।