लेखकः मनोज कुमार “नागबंशी”अधिवक्ता नवलपरासी,
“नागपञ्चमी सर्पको होईन नाग जातिको पूजा र पर्व हो ।
परिचय- नाग एक भारत बर्ष मा उत्पति हुने मूलबासी द्रविण मध्येको एउटा मनुष्य जाति/बंश हो । सुर्यबंशी, चन्द्रबंशी, अग्निबंशी, गोपालबंशी र महिष्पाल बंश हो त्यसतै गरी नागबंश पनि हो । यस बंशले बैदिक काल पुर्ब प्राचिन काल देखि नै पुरै भारत बर्षमा नागबंशीहरुको नै प्रभुत्व थियो । यो जाति/बंश उत्तरको कैलाश पर्बत अर्थात सागरमाथा देखि दक्षिणको समुद्र अर्थात नागपुर सम्म प्रभुत्वको साथ बसोबास गर्थे । असम मणिपुर नागाल्याण्ड र नागपुर जस्तो ईलाका मुख्य स्थान थियो । यो बंश/जाति धेरै साहसी र शक्तिशालिको साथ साथै गुणवान र सदाचारी थियो । यस बंशले पुरै भारत बर्षमा करीब हजारौं बर्ष शासन गरेका छन भन्ने श्रुति र स्मृतिको आधारमा हालका केहि इतिहासकारहरुले लेख्ने र बताउने गरेका छन् । यो बंश का प्रारम्भिक राजा अनन्त (जिसे शेष नाग भी कहा जाता था), बासूकी नाथ, तक्षक, कार्कोटक तथा पिंगला थिए ।
यस बंशको धार्मिक संस्कार प्राकृतिक पुजा अर्थात सुर्य, चन्द्रमा, पानी, आगो आदि को पूजा तथा प्रार्थना हुने गर्थ्यो । नागबंशको सम्बन्धमा बेद पुराणहरुमा पनि उल्लेख गरिएको पाईन्छ । यो बंश नेपाल बंगलादेश आफगानिन जस्ता देशहरु अस्तित्वमा आउनु भन्दा पुर्ब शासन गर्दथे । ईशा पुर्ब देखि २०१४ ईस्वी सम्बत सम्म (छोटा नागपुर हाल छत्तिसगढ) शासक थिए । यस बंशलाई कही क्षत्रिय, कश्मिर तिर बाभनको पनि नाग जाति छन् । तर मूलतः ईशापुर्ब प्रकृतिक पुजक थिए भने बुद्धको समयमा यी जाति बंशका मानिसहरु सबै बुद्धिष्ट भए अर्थात अन्ध भक्ति र हिंसा त्याग गरी दिए । बाभन भनिने आर्यहरु भारतमा प्रवेश गरेको बेला नागबंशीहरु कै प्रभुत्व थियो । आर्य र अनार्यको युद्ध पनि नागबंश र आर्यहरु बिच भएको हो ।
नागबंशीहरु बुद्धको अनुयायि भए पश्चात धेरै उदार भए र मारेर खान समेत छडी दिए । प्राकृतिक रुपमा मरेका जानवरहरुको मासू मात्र खाने गर्थे । यो समुदाय गाई गोरु समेतको जनावरहरु खाने गर्दथे । आर्यहरु त्यति बेला सम्म मारेर तथा यज्ञ होममा सबै पशुहरुलाई बलि दिएर खाने गर्थे । बुद्धको प्रभाव वाला समुदाय बलि प्रथाको विरोध गर्थे । जसमा नागबंश प्रमुख थियो । यो बंश राजा हुंदा राजा बस्ने दरबार वा राजाको कुर्षी पछाडी सर्पको चित्र हुने गर्थ्यो । यिनी सर्पलाई देउताको रुपमा पनि मन्ने गर्थे । नागबंशी मरेको जनावरको मासू खाने गरेकोले बुद्धको कालमा राम्रो मानिन्थ्यो । तर बाभनहरुले मारेरै खाने बलि दिएर खाने गरेकोले समाजमा बाभनहरुको आलोचना हुन थाल्यो ।
अहिंसक अर्थात बुद्धानुयायिहरुको प्रशंसा र सम्मान बढेर समाजमा हिंसकहरु पर्ति घृणा जाग्यो आर्यहरु तिरष्कृत हुन थाले । तत्पश्चात पुष्पमित्रसुंगको शासन कालमा मनु नामक बाभनले मनुस्मृतिको रचनागरी गाईलाई बलि दिन बाट निशेधको नियम बनाए । गाई मार्ने लाई कडा सजायको ब्यवस्था पनि गरे तत्पश्चात्य गाईको बलि दिने चलन आर्य अर्थात ब्राम्हण समाजबाट रोकीयो । यो क्रमम बढदै गएर मासू नखाने नै सर्बोत्कृष्ट मानिन थाले । जसमा ब्राम्हणहरु अग्रणी भए । मरेको खानेहरु समुदायलाई तिरष्कारको सामना गर्नु पर्ने अवस्था केही शदी पछि आई दियो ।
मरेको खाने मध्ये नाग जातिका मानिसहरु पनि परे । यो जाति अहिंसक भए पश्चात आर्यहरुले युद्ध गरी शासन सत्त खोसी लिए । महाभारत अर्थात गीता कृष्णले नाग नाथेको भन्नु भनेको नाग जातिको शासकहरुलाई अधिनस्थ बनाई लिएका थिए । कृष्ण बासूदेव ब्राम्णका छोरा थिए अर्थात आर्य थिए । यसरी नाग जातिबाट आर्यहरुले शासन सत्ता खोसी लिए र सत्ता बिहिन नागबंश आर्यहरुको अधिन हुन पुगे । तत्पश्चात आर्यहरुले नागहरुलाई दास जस्तो बनाए । सेवा श्रम लगायत फोहोर मैला सम्म साफ गर्ने फाल्ने सम्मको काममा लगाए । यसरी यो समुदाय परिवर्तित काल खण्डमा अछुत हुन गए । तै पनि यिनी ब्राम्हणहरुलाई पुरोहित स्वीकार गरेनन् ।
आर्यहरुको रिति रिवाज तथा संस्कार स्वीकार गरेका थिएनन् र आज पनि गरेका छैनन् । यो नागबंशी पछिल्लो दिनमा अछुत, दलित बाट राज्यले सूचिकृत गरेको छ । नागबंशीहरु प्राचिनकालमा हिमाल देखि सागर सम्मको क्षेत्रफलमा फैलिएर रहने बस्ने गरेकाले हाल भारत नेपाल बांगलादेश आफगानिस्तान पाकिस्तान लगायत देशहरुमा पनि अछुत/दलित समुदायबाट चिनिन्छन । बंशगत विभाजन पछि जातिगत विभाजनमा यो जातिलाई अछुतमा पर्ने सबै जात जाति मा बर्गिकृत गरिएका हुन ।
तत्कालिन कोलियनागबंशी थिए र उनको राज्य पनि द्रविण नागबंशीहरुकै राज्य थियो । शासक र जनता दुबै थिए । हाल कोलिय राज्य को केहि भाग नेपालमा छ र धेरै जसो भाग भारतमा छ । कोलिय राजा बुद्धको अस्तधातूलाई राखेर बनाएको स्तूप बर्तमानमा नेपालको लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वार्ड नं. ७ हाल उजैनी भन्ने गाउँमा रामग्राम स्तूप छ । उक्त स्तूप मौर्यबंशी सम्राट अशोक बुद्धिष्ट भए पश्चात बुद्ध धम्म बिस्तारको लागी ८ भागमा बाडिएको बुद्धको अस्तुलाई राखेर बनाईएका स्तूपहरु उत्खनन् गराएर अस्तुलाई बाडने क्रममा सम्राट अशोक रामग्राम स्तूपपमा पनि आएका थिए । रामग्राम स्तूपको संरक्षण र पूजा पाठ गर्ने नागबंशीहरुले अशोक सम्राटलाई उत्खनन् गर्न दिएनन् । आफ्नो प्राण रहुञ्जेल उत्खनन् गर्न दिन्नौ भनि नागबंशीहरुले स्तूप माथि सुति दिएर हिंसा परित्याग गरी बुद्ध मार्गी भएका सम्राट अशोक रामग्राम स्तूपलाई अझ संरक्षित र ब्यवस्थित गरी दिए ।
नागबंशी बुद्धमार्गीहरुको लागी बिहार समेत बनाई दिएका थिए । जो अहिले पनि उत्खनन् हुंदा अवशेषको रुपमा देखिने गरीन्छ। यस रामग्राम स्तूपको संरक्षक नागबंशी हुन भन्ने कुरा चिनिया भिक्षु ह्वांग सान यात्राको दौरान ६ ईस्वी तिर नेपाल भारतमा आएर लेखेको यात्रा विवरणबाट जानकारी हुन्छ ।
रामग्राम स्तूपलाई नाग प्रजातिको सर्पहरुले सम्राट अशोक को उत्खनन् बाट रोकेका हुन भनि हल्ला फिजाउने ब्राम्हणवादी लेखक तथा भ्रमित वाचकहरु भन्ने र लेख्ने गरेका पाईन्छ । नाग बंश/जातिको इतिहास मेटाउनलाई यस्तो षडयन्त्र पूर्ण ले रचनाहरु पाएको छ । एक पटक रामग्राम नगरपालिकाले केही बजेट विनियोजन गरी यस्तै पर्चा लेख्न लगाएको थियो । त्यो कहानी पढेर मलाई बहूत दुःख लाग्यो । नजानेको कुरा गलत लिपिबद्ध गर्नु हुंदैन । ईमान्दार बौधिक्ताको परिचय दिनु पर्ने थियो तर आधूनिक समाजलाई भ्रमित पार्न कपोल कल्पित रुपमा नागबंशी/ नागजातिलाई सर्पको रुपममा उल्लेख गरी दिएका छन । यस सन्दर्भमा म पछि बिस्तृत रुपमा लेख्ने छुं ।
नागपञ्चमी र नागजाति- नागबंशीहरुले आफ्नो समयकालमा अर्थात प्राचिन कालमा मुखियाको छनौट विभिन्न किसिमको प्रतिस्पर्धाको माध्यमबाट छनौट गर्ने गर्थे । उक्त कार्यक्रम श्रावण महिनाको शुक्ल पक्ष पञ्चमीका दिन हुने गर्थ्यो । यस दिन पुरै राज्यमा त्यौहारको रुपमा पनि मनाईने चलन थियो । बर्षात प्रारम्भ भई सकेर बुद्ध भिक्षुहरु देशसाटन तथा भिक्षाटन नगरी बर्षा भरी एक स्थानमा बस्ने गर्थे । नाग जाति बुद्धिष्ट रहेकोले सम्पूर्ण कार्य भिक्षुहरुको निर्देशन र सानिध्यतामा हुने गर्थ्यो । त्यसैले भिक्षुहरु बर्षाबासको समयमा नाग जातिहरुको विभिन्न कार्यक्रमहरु हुने गर्थ्यो । न्यायको दृष्टिकोणले र धर्मको दृष्टकोणले नाग जातिहरुको सम्पूर्ण कार्यक्रम भिक्षूहरु द्वार निर्देशित हुने भएको ले सब भन्दा उपयुक्त समय यही श्रावणको महिना नै चयन थियो ।
यस महिनमा बर्षा यामको खेती कार्य पनि सम्पन्न भई सकेको हुन्थ्यो र भिक्षुहरुको उपस्थिति पनि सहज हुने भएको हुंदा यो श्रावणी पञ्चमी का दिन उपयुक्त थियो । यसरी नाग जातिको समुदायिक कार्यक्रम तथा त्योहार मनाईने चलन हाल आधूनिक युगमा पनि निरन्तरता पाएको छ तर ब्राम्हण(आर्य)हरुको प्रतिस्पर्धी नाग जातिहरुको इतिहास मेटाउने उद्देश्यले षडयन्त्रपूर्ण नाग भनेको सर्पलाई प्रस्तुत गरेका छन । शंकर भगवानको हार नाग(सर्प) लाई पूजा हुने दिन भनी कहानीका ग्रन्थहरु रचना गरी वास्तविक इतिहास धुमल्यएका छन । पढन नपाएर ब्राम्हणहरुको मात्र काको आधारमा समुदाय डोर्इएको छ तर अब पढन अधिकार लडेर लिई सकेकोले वास्तविक इतिहास उजागर गर्ने कार्य जारी छ । अर्थात आर्यहरुको भनाई अनुसार पनि शंकर नागबंशी राजा नै थिए । तर तिनको पूजा भन्दा पनि अभद्र र अश्लिल बनाउन लिङगको पूजा गराउने चलन ब्राम्हणहरुले समाजलाई अन्धकारमा राखी संचालन गरी रहेका छन् । तसर्थ “नागपञ्चमी सर्पको होईन नाग जातिको पूजा र पर्व हो ।