नवलपरासीमा आर्गेनिक खेतीमा किसानकाे आकर्षण थालेकाे छ

0
120
Exif_JPEG_420

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागन खेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक आर्गेनिक ड्रागन खेती गर्न थालेका छन् ।

 

वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्ज कुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका छन् । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेती सम्बन्धी तालिम लिएको भन्दै तीन वर्ष देखि आर्गानिक ड्रागनखेती गर्न थालेको उनले जानकारी दिए ।

 

सात लाखको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेती सम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिए ।

यस वर्ष  बजारीकरणमा कुनै समस्या आएन भने रु सात लाख बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

जिल्लामा सात जना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताए ।

बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँ लगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उनले जानकारी दिए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here