नवलपरासी : पश्चिम नवलपरासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ७ हजार १ सय ५६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत असार महिनामा १ करोड २६ लाख ५० हजार ७ सय ९० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।सेवा कार्यालय खुलेको छोटो समयमै अघिल्लो वर्षको तुलनामा बढी राजश्व सङ्कलन गरेको जनाएकाे छ ।
यातायात व्यवस्था कार्यालयले सबै भन्दा धेरै सवारी साधन करबाट राजस्व सङ्कलन भएको छ । सवारी साधन करवापत १५ करोड ४ हजार ७ सय ५१ रुपैयाँ, सवारी चालक अनुमति पत्र २ करोड ७७ लाख १७ हजार रुपैयाँ, सवारी नवीकरणबाट १ करोड ६४ लाख ४३ हजार ७ सय रुपैयाँ, यातायात क्षेत्रको आम्दानी पटके तथा विविधबाट ४० लाख ६७ हजार २ सय ९० रुपैयाँ, आयकरबाट ५५ लाख ७४ हजार ४ सय १५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मुक्ती प्रसाद पाण्डेले जानकारी दिनु भयो ।
गत आर्थिक बर्ष २०७९/८० मा १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियाे यस बर्ष करिब ८ करोड रुपैयाँ बढी वृद्धि भएको पाण्डेले बताउनु भयो । ” अघिल्लो बर्ष १२ करोड सङ्कलन भएको थियो । अहिले २० करोड भन्दा बढी छ । हामीले करिब ६६ प्रतिशतको हाराहारीमा यस कार्यालयबाट राजस्व सङ्कलनमा वृद्धि गरेका छौ ।” पाण्डेले भन्नू भयो ।
आर्थिक बर्ष २०७८/७९ देखि यातायात व्यवस्था सेवा कार्यालय परासीमा संचालनमा आए सँगै कार्यालय राजस्व सङ्कलनमा वृद्धि भएको छ ।