समुदायिक विद्यालयमा अध्यन गर्ने दश जनालाइ कावासाेती नगरपालिका द्रारा छात्रवृति

0
105

नवलपुर । सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई कावासोती नगरपालिकाले विशेष छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यामिक विद्यालय र त्रिभुवन बाल माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तीको लागि छनोट गरेको हो ।

छनोट भएका विद्यार्थीहरुले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तीमा अध्ययन गर्न पाउने छन । छनोट भएका विद्यार्थीहरुलाई आईतबार नगर प्रमुख बिष्णु प्रसाद भुसालले छनोटको प्रमाणपत्र समेत प्रदान गरे । सो क्रममा उनले नगरपालिका भित्रबाट छनोट हुन सफल विद्यार्थीहरुलाई बधाई दिदै आ-आफ्नो क्षेत्रमा उत्कृष्टता प्राप्त गर्नका लागि शुभकामना समेत व्यक्त गरे ।

छात्रवृत्तीका लागि छनोट भएको प्रति विद्यार्थी वापत नगरपालिकाले विद्यालयलाई ५२ हजार रुपैयाका दरले दुई लाख ६० हजार रुपैया उपलब्ध गराउनेछ । जसबाट विद्यार्थीले कक्षा ११ र १२ मा निशुल्क अध्ययन गर्न पाउने नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले बताए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here