काठमाण्डाै । विगत एक साता देखि हात खुट्टा साङ्लाले बाँधेर माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई तत्काल रिहा गर्न राष्टिय दलित आयाेगले विज्ञप्ती जारी गर्याे ।
दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् । दलितका अधिकारका लागि विगत केही दिन देखि शान्तिपुर्ण रुपमा धर्ना बसिरहेकाे सन्दर्भमा निषेधित क्षेत्रमा प्रदर्शन गर्न खाेजेकाे भन्दै प्रहरीले नियन्त्रणमा लिएकाे घटना प्रति राष्टिय दलित आयाेगकाे ध्यानकर्षण भएकाे छ ।
शान्तीपुर्ण धर्ना बसेका संवैधानिक तथा कानुनी हक अधिकार कार्यन्यनकाे माग गरिरहेका खगेन्द्र सुनारलाइ तत्काल रिहा गर्न राष्टिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले विज्ञप्ती जारी गर्नु भएकाे छ ।आयाेगका अनुसार निजले उठान गरेका समग्र दलित समुदायकाे हकहित सम्बन्धि कानुन बमाेजिम माग अबिलम्ब नगरी सम्बाेधन गर्न नेपाल सरकार समक्ष अपील गर्दछाै ।