काठमाण्डौ : भदाै सुरू भए सँगै अण्डाकाे मुल्य बढेकाे छ । ठूलो अण्डा ४ सय ९५ रुपैयाँ र मध्यम अण्डाको मूल्य ४ सय २५ रुपैयाँ तोको छ । साउनमा धेरैले माछा, मासु अण्डा नखाने भएकोले मुल्य घटेको थियाे ।भदाै सुरु हुने बितिकै अण्डाकाे माग बढे सँगै मूल्य पनि बढाएको उत्पाकहरुले बताएका छन् ।
अण्डाकाे बिक्री बढे सँगै मूल्य पनि बढाईएकाे चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले बताउनु भयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न पाउने निर्देशन दिएपछि फार्महरु आफैँ मूल्य ताेकने गरेका छन् । आज देखि दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर अण्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ रूपैया तय गरेको छ पाेखरेलले भने ।