महेशपुर परासी सडक निर्माणमा चरम ढिलाई

0
197
Exif_JPEG_420

नवलपरासी :(बर्दघाट सुस्ता पश्चिम) जिल्लाको महेशपुर परासी सडक निर्माणमा चरम ढिलाई ।

वि.स.२०८० साल बैशाख महिना २६ गते गौरीशंकर हिमालयन कन्ष्ट्रक्सन कम्पनी संग भदौ २६ गते सम्म सडक निर्माण समपन्न गर्ने गरी रु २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ मा ठेक्का समझौता थियो । सडकको भौतिक प्रगति २५ प्रतिशत भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनिय शुुसान्त उप्रेतीले बताउनुु भयो ।

उनका अनुसार वर्षाका कारण सडकको काम समयमा नसकिएको। एक किलोमिटर महेशपुर र सुुन्य दशमलव पाँच किलोमिटर सुनवलमा सडक बनाइने । कलभर्ट सहित फोरलेनको कालोपत्रे सडक निर्माण गर्ने उनको भनाई छ । भारतबाट मालवाहक सवारी निकासी पैठारी गर्दा सडक साङगुुरो रहेको सडक डिभिजन कार्यालयले सडक निर्माण गरिरहेको छ ।

नेपाल भारतको मुख्य नाकाको रुपमा चिनिने महेशपुर परासी सडक निर्माणमा चरम ढिलाई रहेको पाल्हीनन्दन‐२ निवासी पारस नाथ सहानीले बताउनुु भयो । उनका अनुसार सडकको काम म्याद भित्रै समपन्न हुन्छ विश्वास थियो । ठेकेदारको चरम ढिलाइका कारण सडककाे काम म्याद भित्र समपन्न हुन्छ विश्वास छैन भारतबाट आउने ठुला सवारी साधन तथा पैदल यात्रुु समेत आवत जावतमा सास्ती भाेगिरहेका छन ।

परासी महेशपुर सडक तथा पुल साङगुराे तथा खाल्टा खुलटी तथा बिजुलीको तारमा छुने समस्याका कारण भारतबाट ठुला कनटेनरहरु नआएपछि महेशपुर भन्सार कार्यालयकाे राजश्व घटेकाे छ भन्सारका सुचना अधिकारी मोहराज जैसीले बताउनुु भयो । महेशपुर परासी सडकको काममा चरम लापरवाही छ पाल्हीनन्दन‐२ का वडाध्यक्ष जगदीश गुप्ताले बताउनुु भयो ।

सडकको काम  अहिले सम्म चालिस प्रतिशत मात्र भएको  छ गौरीशंकर हिमालयन कन्ष्ट्रक्सन कम्पनीका ईन्जिनियर सँजिव पण्डितले बताउनुु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here