नगरपालिकाका मिनी टिप्पर र जेसी भि वन कार्यालयको नियन्त्रणमा ।

0
164

नवलपरासी : (बर्दघाट‐ सुस्ता पश्चिम ) सुनवल नगरपालिका जेसी भी र दुुई मिनी टिप्पर वन कार्यालयको नियन्त्रणमा ।
जिल्लाको सुनवल‐४ तुरिया खोलाबाट अबैध रुपमा खन्ने र (ढुङगा) ढुवानी गर्ने क्रम्मा आइ ए ए ००२९ जेसी भी , एफ एए ०४०३ र एफ एए ०४०४ नम्बरको टिप्पर, सहिते अबैध मालसमान बरामद गरेको डिभिजन वन कार्यालयका निमित्त मोहन गजुुरेलले बताउनुु भयो ।

उनका अनुसार शसस्त्र वन सुरक्षा शाखा कयाम्प बडेरामा राखिएको छ ।अवैधरुपमा उतखन्न गरिरहेको अवस्थामा सुुनवलका स्थानियहरुले खबर गरेपछि नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । घटनाको अनुुसन्धान भइरहेको छ ।

सुनवलमा अबैधरुपमा भण्डारण गरिएका नदीजन्य पदार्थ जफत गर्ने सुनवल नगरपालिकाले अभियान चलाएपछि खोला माफियाहरुले अबैधरुपमा ओसार पोसार गर्न नपाएपछि नगरपालिको सवारी नियन्त्रणमा लिई प्रतिसोध लिएका हुन सुनवल नगरपालिका अध्यक्ष बिमला अर्यालले बताउनुु भयो ।

उनका अनुसार आफु बाहिर गएकाे अवस्थामा रमवापुरका सडक मर्मत र कृष्ण धाम मन्दिरकाे अगाडीकाे बाटो मर्मतकाे लागि खाेलामा गएकाे अवस्थामा स्थानीयहरुले नगरपािलकाका सवारी नियन्त्रणमा लिइ वन कार्यालयलाई बुझाएका छन ।

नगरपालिकाले नदीजन्य पदार्थ रोकन निगरानी बढाएपछि खोला माफियाहरुमा खैला बैला परेको छ । नगरपालिकाको तुरिया ,पानभार ,बडेरा ,बिसासय खोलाहरुबाट खुुल्यामा नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको स्रोतले जनाएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here