नवलपरासी : जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका नेता कार्यकरता धर्ना बसेका छन । आज पाँच घण्टा धर्ना बसेर सडक निर्माण कार्य चार महिना भित्र समपन्न गर्नु पर्ने
भन्दै दुई बजे सम्म धर्ना दिएको हो ।
जिल्लाका हुलाकी सडक निर्माणमा चरम ढिलाई भएकाे भन्दै सडक निर्माण व्यवसायी तथा कम्पनीलाई कारवाहीकाे माग गरेका छन ।
त्यस्तै हुलाकी राजमार्गकाे नारायण चाेक देखि बेलाटारी सडक खण्ड कठहवा देखि बेलाटारी सडक खण्ड तथा प्रदेश सरकार अन्तर्गतका महेशपुर त्रिवेणी खण्डकाे बर्दघाटे देखि सुर्यपुरा भुजहवा खैरेनी खण्डकाे साेमनी साेनवर्षा हुँदै खैरेनी सडक खण्डहरकाे निर्माणमा भई रहेकाे ढिलासुस्ती तथा सम्बन्धि मातहतका निकायहरूकाे गैर जिमेवारीका विरूद्ध निम्नानुसारकाे माग राखदै नवलपरासी प्रमुख जिल्ला अधिकारी मार्फत प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
सडक निर्माण ढिलासुस्ती गर्ने निर्माण व्यवसायी तथा कम्पनीलाई कारवाही गर्ने । हुलाकी राजमार्ग चार महिना भित्र निर्माण समपन्न गर्नु पर्ने माग गर्दै ।यस पालिका भित्रका अलपत्र सडक संघिय सरकार मातहतका सडकहरू कठहवा देखि बेलाटारी , महेशपुर देखि त्रिवेणी सम्मका निर्माण तत्काल समपन्न नभए कडा रूपमा प्रदर्शन गर्ने चेतावनी दिएका छन ।