प्रजापति समुदायले माटाका भाँडा बनाउन छाडे

0
227
Exif_JPEG_420

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका प्रजापति समुदायले माटाका भाँडा बनाउने काम छाेडदै ।

पछिल्लो समय माटाका भाँडा बनाउदै आएका प्रजापति समुदाय अहिले दाउराको मूल्य बढेपछि माटा भाँडा दियो, गाग्री, घोलक, गमला लगायतका माटाका समाग्री बनाउन छाडेका हुन् ।

प्रजापति समुदायले माटाका भाँडा बनाउने काम छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताउनु भयाे ।पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने र बिक्री गर्ने कार्यलाई पछिल्लो समय मुख्य व्यवसायका बनाएका थिए ।

माटाका भाँडा पुजा आजामा बढी प्रयोग हुने भएपछि माटाका भाँडा बनाउने तथा ग्राहकको घर घरमा पुुर्याउर्दै आएका थिए । अहिले दाउराको मूल्य बढे संगै माटाका भाँडा पकाउन असहज भएको उनीहरुको भनाइ छ । अहिले उनीहरूले माटाका भाँडाका व्यापार छाडेको वडाध्यक्ष त्रिपाठीले बताए ।

विद्युुतीय बत्तीको प्रयोगले माटाका दियो र भाँडा प्रयोगलाई विस्थापित गरेपछि माटाका भाँडा बनाउने काम छाेडेर वैदेशिक रोजगार तथा अन्य काममा लाग्नु परेको पाल्हीनन्दन‐५ का ७४ वर्षीय भिखन प्रजापतिले बताए । दिपावली र छठमा बढी माटाका समाग्री प्रयाेग गर्ने मधेशमा चलन छ श्याम सुन्दर प्रजापतिले बताउनु भयाे ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here